ज्योतिसनिकासहित पाँच जना खेलाडीले यू–१९ विश्वकप छनोट गुमाउने
आइतबार, ०८ जेठ २०७९, १६ : ३०

ज्योतिसनिकासहित पाँच खेलाडीले आईसीसी यू–१९ महिला विश्वकप छनोट गुमाउने भएका छन् । आईसीसीले १५ वर्ष नपुगेका खेलाडीहरुलाई खेल्न अनुमति नदिएका कारण उनीहरुले मलेसियामा आयोजना हुने छनोट खेल गुमाउने भएका हुन् ।
ज्योतिसनिकासँगै मनिषा चौधरी, सावित्री धामी, प्रतिमा शाह र टिका शाहले छनोट गुमाउने छन् । नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दाशले उमेर नपुगेका कारण आईसीसीले खेल्न अनुमति नदिएको बताए ।
‘उहाँहरु १५ वर्ष नपुगेको कारण खेल्न नपाउने भएका हुन् । पाँचै जना खेलाडीको उमेर नपुगेका कारण उनीहरु यो छनोट गुमाउने छन्,’ दाशले रातोपाटीसँगको कुराकानीमा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि ४ दिन छलफल हुने
-
बजेटको सिद्धान्त र प्राथमिकता संसदमा पेस
-
युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ताका लागि ‘तयार’ : जेलेन्स्की
-
प्रतिनिधिसभा बैठक मङ्गलबारसम्म स्थगित
-
जेनेभामा अमेरिका–चीन व्यापार वार्ता पुनः सुरु
-
साविक उपविजेता मोक्षदालाई हराउँदै गेटवे फाइनलमा, डीएभी सुशिल केडियासँग उपाधि भिडन्त