शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा अब ३२ हजार भोट गन्न बाँकी, रेनु दाहालले बनाइन् ८ हजार बढीको मतान्तर

आइतबार, ०८ जेठ २०७९, १६ : ०४
आइतबार, ०८ जेठ २०७९

चितवनको भरतपुर महानगरपालिकामा खसेको मध्ये अब करिब ३२ हजार भोट मात्रै गन्न बाँकी रहेको छ । भरतपुर महानगरपालिकामा १ लाख २७ हजार ५६६ मत खसेकामा ९५ हजार ३११ मत गणना भइसकेको हो । यस हिसावले अब ३२ हजार २५५ मत गणना हुन बाँकी रहेको छ । 

आइतबार दिउँसो प्राप्त मतपरिणामअनुसार ९५ हजार ३११ मत गरिसक्दा सत्ता गठबन्धनको साझा उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले ८ हजार १५४ मतको अग्रता बनाएकी छन् । उनले ३७ हजार ४६८ मत पाउँदा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले २९ हजार ३१४ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ३५९ मत पाएका छन् । 

उपमेयरमा भने काँग्रेसका चित्रसेन अधिकारी जिततर्फ अघि बढिसकेका छन् । उनले ३९ हजार ६३९ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २३ हजार २१२ मत पाएकी छन् । चितवनमा सत्ता गठबन्धन रहेको छ भने एमालेले पनि राप्रपासँग तालमेल गरेको छ । भरतपुरमा १ देखि २० नम्बर वडाको मतगणना सम्पन्न भइरहेको छ भने अहिले वडा नम्बर २१ को गणना चलिरहेको छ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप