रुपन्देहीका तीन पालिकाको नतिजा आउन बाँकी
आइतबार, ०८ जेठ २०७९, १५ : ०६

रुपन्देहीका तीन स्थानीय तहको नतिजा आउन बाँकी रहेको छ। १६ स्थानीय तह रहेको रुपन्देहीका १३ वटा पालिकाको मतपरिणाम आएको छ भने ३ वटा पालिकाको मतपरिणाम आउन नसकेको निर्वाचन कार्यालयले जनाएको छ ।
नतिजा नआएका पालिकामा तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका र कोटहीमाई गाउँपालिकाको मतगणना जारी रहेको छ । मतपरिणाम आएका १३ पालिकामध्ये ८ वटामा नेपाली काँग्रेस, तीन वटामा नेकपा एमाले र एक एक पालिकामा जनता समाजवादी पार्टी र जनता प्रगतिशिल पार्टीले जित हासिल गरेका छन् ।
अहिले गणना भएकामध्ये तिलोत्तमा नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकामा काँग्रेसले लिड गरेको छ भने कोटहीमाई गाउँपालिकामा एमालेले लिड गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न