शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ वर्षअघि मतपत्र च्यातिएको भरतपुर–१९ मा एमाले विजयी

आइतबार, ०८ जेठ २०७९, १४ : ३३
आइतबार, ०८ जेठ २०७९

चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका प्रकाश तामाङले नेपाली काँग्रेसका उम्मेदवार द्रोण गुरुङलाई हराउँदै वडाध्यक्षमा विजयी भएका हुन् । 

५ वर्षअघिको स्थानीय तह निर्वाचनमा मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि भरतपुरको मतगणना विवादमा तानिएको थियो । पछि सर्वोच्च अदालतको आदेशको बलमा भरतपुर–१९ मा पुन मतदान भएको थियो । 

त्यतिबेला वडा नम्बर १९ मा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले १५४४ मत पाएकी थिइन् भने एमालेका देवी ज्ञवालीले १०३२ मत पाएका थिए । यस्तै वडातर्फ काँग्रेसका  कर्ण बहादुर गुरुङ १४७८ मत पाएर विजयी भएका थिए । त्यतिबेला गुरुङसँग पराजित भएका प्रकाश तामाङ तामाङ आइतबार सम्पन्न भएको वडा नम्बर १९ को मतगणनामा विजयी भएका हुन् ।
 
एमाले पार्टी विभाजन पछि प्रकाश तामाङ नेकपा एकीकृत समाजवादीमा आवद्ध भएका थिए । निर्वाचनको करिव एक महिनाअघि मात्र तामाङ एमाले प्रवेश गरेका थिए । तत्कालीन अवस्थामा माओवादी केन्द्रका गणक प्रतिनिधि मधु न्यौपाने र द्रोण सिवाकोटीले मतपत्र च्यातेका थिए । सिवाकोटी अहिले माओवादी केन्द्र चितवनका सचिव छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप