‘बलात्कारी’ नै म्यादी प्रहरी : टिकटकबाट खुल्यो पोल, बिदाइ समारोहबाट पक्राउ
काठमाडौँ । बलात्कार मुद्दामा अदालतबाट जरिवाना र जेल सजायको फैसला तोकिएका युवक सुटुक्क म्यादी प्रहरीमा भर्ना भए । ४० दिनसम्म ड्युटी गरेर बिदाइ हुने बेला बल्ल प्रहरी अधिकारीहरूले थाहा पाए, उनी ‘बलात्कारी’ रहेछन् ।
उनी हुन्, झापाको भद्रपुर नगरपालिका–७ घर भएका ३३ वर्षीय कमल प्रसाद पोखरेल । उनी परिवारसँग २०७४ मा उदयपुरबाट बसाइँ सरेर झापामा बस्न थालेका हुन् । जिल्ला प्रहरी कार्यालय झापामा म्यादी प्रहरीका लागी आवेदन दिएर उनी छनोट परीक्षा पास भएका थिए । ४० दिनको कार्यकाल सकिएपछि बिदाइ समारोहमा उनीसँगै ड्युटी गरेका प्रहरीले कमललाई हतकडी लगाए । अहिले उनी जिल्ला प्रहरी कार्यालय उदयपुरको हिरासतमा छन् ।
२०७४ मा उदयपुरमा भएको बलात्कारको घटनामा अदालतले कमललाई दोषी ठहर गरेको छ । उदयपुरको ताप्ली गाउँपालिका (साबिक रुपाटार–५) स्थित सानो गहतेमा बाख्रा चराउन गएकी १७ वर्षीया किशोरीलाई कमलले बलात्कार गरेको आरोप लाग्यो । उनी पनि बस्तु चराउन गएका थिए ।
आरोपी लागेपछि उनी परिवारसँग त्यहाँबाट बसाई सरेर झापा गएका हुन् । झापामा उनको परिवार भद्रपुर नगरपालिका–७ मा बस्दै आएको छ । २०७४ मा प्रहरीले अनुसन्धान सकेर अदालतमा मुद्दा दर्ता गराएको थियो । मुद्दा चलिरह्यो । जिल्ला अदालत उदयपुरले २०७७ मङ्सिर २३ मा कमललाई ९ वर्ष कैद १ लाख जरिवाना हुने फैसला गरेको छ ।
बलात्कार मुद्दामा दोषी ठहर भएपछि प्रहरी प्रधान कार्यालयको क्रिमिनल रेकर्ड सिस्टममा इन्ट्री गरिएको हुन्छ । तर, म्यादी प्रहरीमा छनोट गर्दा छनोटमा संलग्न अधिकारीहरूले क्रिमिनल रेकर्ड सिस्टम (सिआरएस)को तथ्याङ्कमा ध्यान दिएनन् ।
टिकटकबाट खुल्यो पोल
कमल उनका ज्वाइँसँगै म्यादीमा भर्ना भएका थिए । बैनीले टिकटकमा म्यादीको बर्दीमा सजिएको फोटो राखेर लेखे–‘मेरो दाइ म्यादी प्रहरीमा ।’ ती बैनी र बलात्कृत किशोरी सामाजिक सञ्जालमा जोडिएका थिए । आफूलाई बलात्कार गर्ने युवकको फोटो देखेपछि उनले झापामा प्रहरीलाई खबर गरिन् । अनि, कमल पक्राउ गरेका हुन् ।
अदालतको फैसला कार्यान्वयनका लागी कमललाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय उदयपुरमा पठाइएको झापाका एसपी विश्वमणि पोखरेलले रातोपाटीलाई बताए । उनले भने–‘हामीले पक्राउ गरेर उदयपुर पठाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाभिने भए होन्डा–निशान
-
आइरा बनिन् ‘मिनी डान्सिङ स्टार’
-
हसिनालाई फिर्ता पठाउन बङ्गलादेशको सरकारले भारतलाई पठायो कूटनीतिक नोट
-
प्रदेश सरकारलाई यातायात व्यवस्थापनको जिम्मेवारी संविधानले नै दिएको छ : मन्त्री दाहाल
-
डीपी अर्याल बने रास्वपाको कार्यबाहक सभापति
-
सरकारको तीन बुँदे ट्राभल एडभाइजरी : थाइल्याण्ड र कम्बोडियासहितका देशमा जाँदा सावधानी अपनाउनू