शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

२२ वर्ष लागिन् शाहरुखकी छोरी सुहाना, ‘द आर्चीज’ बाट गर्दैछिन् बलिउड डेब्यु

आइतबार, ०८ जेठ २०७९, १३ : ४६
आइतबार, ०८ जेठ २०७९

बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना खानले आज (आइतबार) आफ्नो २२ औं जन्मदिन सेलिब्रेसन गर्दैछिन् । उनलाई जन्मदिनको अवसरमा करण जौहरदेखि फराह खानसम्म बलिउडका थुप्रै व्यक्तिले शुभकामना दिइरहेका छन् ।

उनकी आमा गौरी खान र मिल्ने साथी अनन्या पाण्डेले पनि सामाजिक संजालमा सुहानाको तस्बिर शेयर गर्दै जन्मदिनको शुभकामना दिएका छन् । गौरीले सुहानाको एक तस्बिर शेयर गर्दै लखेकी छन्, ‘बर्थडे गर्ल’ । गौरीको पोष्टमा मनीष मल्होत्रा, नेहा धुपिया, फराह खान, करण जौहर, श्वेता बच्चन र संजय कपुर लगायतले पनि सुहानालाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन् । अनन्य पाण्डेले सुहानको साथ रहेको एक तस्बिर पोष्ट गर्दै भनेकी छन् ‘मेरो सबैभन्दा राम्रो साथीलाई मनैदेखि जन्मदिनको बधाई ।’ 

अनन्याले सुहानासँगको केटाकेटीबेलाको एक तस्बिर समेत शेयर गरेकी छन् । अनन्या र सुहाना सानैदेखिका साथी हुन् । सुहाना छिट्दै बलिउड डेब्यु गर्दैछिन् । उनी जोया अख्तरको फिल्म ‘द आर्चीज’मा देखिन लागेकी हुन् । फिल्ममा सुहानाको अलवा अन्य दुई स्टार किड्स समेत बलिउड डेब्यु गर्दैछन् । ति हुन् श्रीदेवी र बोनी कपुरकी छोरी खुशी कपुर र अमिताभ बच्चनका नाती अगस्त्य नन्दा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप