अमेरिकामाथि रुसी प्रतिबन्ध: राष्ट्रपति बाइडेनसहित ९३६ जनाको सूची, ट्रम्प परेनन्
रुसले अमेरिका प्रवेशमा प्रतिबन्ध लगाइएका महत्त्वपूर्ण अमेरिकी व्यक्तिको अद्यावधिक सूची जारी गरेको छ । सूचीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि छन् । त्यस्तै, सूचीमा उपराष्ट्रपति कमला ह्यारिस, फेसबुकका मार्क जुकरवर्ग र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन पनि छन् ।
रोचक पक्ष के छ भने सूचीमा पूवराष्ट्रपति ट्रम्पको नाम समावेश छैन । आफ्नो कार्यकालमा ट्रम्पले रुसी राष्ट्रपति पुटिनसँग झुकाव राखेका थिए । ट्रम्पले विगतमा पनि सार्वजनिक रूपमा पुटिनको प्रशंसा गर्न आफ्नै गुप्तचर रायको विरुद्ध गएका थिए । पछिल्लो सूचीलाई रुसले पश्चिमी प्रतिबन्धहरूविरुद्ध बदला लिने प्रतीकात्मक कदमको रूपमा हेरिएको छ । सूचीमा अब रुस प्रवेशमा स्थायी रूपमा प्रतिबन्धित ९६३ अमेरिकी समावेश छन् ।
युक्रेन आक्रमणको पूर्व सन्ध्यामा अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाएको थियो । अप्ठ्यारो प्रतिबन्धहरूले रुसी अर्थतन्त्रलाई कठिन बनाएको छ । अमेरिकी प्रतिबन्ध युक्रेनमा थप रुसी कारबाहीविरुद्धमा अवरोध सिद्ध भएका छन् । अद्यावधिक गरिएको सूचीमा अमेरिकी सिनेटर र प्रतिनिधि सभाका सदस्यहरूको बहुमत छ । यसमा वर्तमान र पूर्वसरकारी अधिकारीहरू, पत्रकारहरू र थप विषय पनि उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पत्रकार महासंघको निर्वाचन पुनः स्थगित
-
समानुपातिक सांसद हटाऔँ, निर्वाचन क्षेत्र घटाऔँ : केसी
-
प्रचण्डजीसँग चिप्लिनुबाहेक केही विकल्प छैन : आहुति
-
प्रचण्डसँगको भेटपछि खनालले भने– हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ
-
महाधिवेशनमा हार्ने डर भएकाले प्रतिनिधिबाट अनुमोदन हुन दिएनन् : किसान श्रेष्ठ
-
आन्दोलनका लागि आर्थिक सङ्कलन गर्न राजेन्द्र महतोले बनाए यस्तो योजना