शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सिरी ए उपाधि छिनोफानो आज

आइतबार, ०८ जेठ २०७९, १३ : १९
आइतबार, ०८ जेठ २०७९

इटालियन सिरी ए फुटबलअन्तर्गत सिजनको अन्तिम खेल आज (आइतबार) राति हुँदैछन् । आज हुने खेलहरूले नै उपाधि छिनोफानो गर्नेछ । उपाधि होडमा रहेका एसी मिलान र इन्टर मिलानबीच दुई अंकको फरक छ ।

शीर्ष स्थानमा रहेको एसी मिलान ३७ खेलबाट ८३ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको इन्टर मिलान ८१ अङ्क जोडेर तालिकाको दोस्रो स्थानमा छ । दुवै टोलीलाई जितको आवश्यक छ । दुवै टोलीले जित निकालेमा उपाधि एसी मिलानले जित्नेछ ।

एसी मिलानले सासुलोसँग खेल्नेछ । यो खेल राति ११ः४५ बाट सुरु हुनेछ । यसै समयमा हुने अर्को खेलमा इन्टर मिलानले साम्पोर्डियासँग खेल्नेछ । आज नै हुने अर्को खेलमा नापोलीले सापेजियासँग खेल्नेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ४ः१५ बाट सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप