सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी या लिभरपुल : कस्ले जित्ला प्रिमियर लिग ?

आइतबार, ०८ जेठ २०७९, १२ : ५०
आइतबार, ०८ जेठ २०७९

प्रिमियर लिग फुटबल अन्तर्गत सिजनको अन्तिम खेलहरु आज (आइतबार) हुँदैछन् । आज हुने खेलले नै प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो हुनेछ । सिटी शीर्ष स्थानमा १ अंकको अग्रतासँगै छ । यता लिभरपुल दोस्रो स्थानमा छ । आजको खेलमा सिटी र लिभरपुललाई उपाधिका लागि जित्नै पर्ने दबाब छ ।

सिटीले जित निकाले उपाधि पक्का हुनेछ । यदि सिटीले बराबरी गरेमा र लिभरपुलले जित निकालेमा उपाधि लिभरपुलको हातमा आउने छ । तर, दुबै टोलीले जित निकाले सिटीले उपाधि उचाल्ने छ । सिटी ३७ खेलबाट ९० अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ । लिभरपुल ८९ अंक जोडेर दोस्रो स्थानमा छ । सिटीले एस्ट्रन भिल्लासँग र भिलरपुलले  उल्भ्ससँग खेल्नेछ । दुबै  खेल राति ८ः४५ बाट सुरु हुनेछ ।

आजको खेलमा आर्सनल र टोटेनहमको खेल पनि रोचक हुनेछ । च्याम्पियन्स लिग होडमा भएको टोटेनहमले जित निकाल्न सके अर्काे सिजन च्याम्पियन्स लिग खेल्नेछ ।

यता आर्सनललाई पनि जितको आवश्यक छ । यदि टोटेनहम पराजित हुँदा आर्सनलले जित निकाल्न सक्यो भने आर्सनलल च्याम्पियन्स लिग खेल्न पाउने छ ।

टोटेनहमलाई बराबरीको नतिजाले पनि पुग्नेछ । यता लिड्स युनाइटेड र बर्नली रेलिगेसनबाट जोगिने दाउमा हुनेछन् । दुबै टोलीलाई जितको आवश्यक छ । दुबै टोलीले जित निकालेमा लिड्स रेलिगेसनमा जानेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप