शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

धनुषामा काँग्रेसको वर्चश्व

आइतबार, ०८ जेठ २०७९, १२ : २५
आइतबार, ०८ जेठ २०७९

गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मत परिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ ।

ती मध्ये १० मा नेपाली काँग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा), दुईमा नेकपा (एमाले) र एकमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवारले विजयी हासिल गर्न सफल भएका छन् ।

जनकपुरधाम उपमहानगपालिका र क्षीरेश्वरनाथ नगरपालिकाको मत परिणाम आउन बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सार्वजनिक भएको पछिल्लो मतपरिणामअनुसार लक्ष्मीनियाँ गाउँपालिका अध्यक्षमा काँग्रेसका भोगेन्द्र मिश्र र उपाध्यक्षमा पनि  सोही पार्टीका फूलकुमारी यादव विजयी भएका छन् । 

औरही गाउँपालिकाको अध्यक्षमा एमालेका उमाशङ्करप्रसाद साह र उपाध्यक्षमा सोही पार्टीका पुनम साह निर्वाचित भएका छन् । धनौजी गाउँपालिकामा  काँग्रेसका अध्यक्षमा राजकुमार साह र उपाध्यक्षमा रामवतीदेवी मण्डल दुवै पदमा विजयी भएका छन् । त्यस्तै जनकनन्दिनी गाउँपालिकाको अध्यक्षमा जसपाका दिपीन देव निर्वाचित भएका छन् भने उपाध्यक्षमा काँग्रेसका कमला सहगल निर्वाचित भएका छन् ।

विदेह नगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि पुनः एमाले उम्मेदवार बेचन दास तत्मा निर्वाचित भएका छन् भने उपप्रमुखमा पनि सोही पार्टीका  आशा झा निर्वाचित भएका छन् । धनुषाधाम नगरपालिको प्रमुखमा  काँग्रेसका बालेश्वर मण्डल र उपप्रमुखमा काँग्रेसकै  विद्यादेवी भुजेल निर्वाचित भएका छन् । 

कमला नगरपालिकाको नगरप्रमुखमा काँग्रेसका उम्मेदवार विश्वेश्वर यादव  र उपप्रमुखमा काँग्रेसकै शिलादेवी मण्डल निर्वाचित भएका छन् । सहिदनगर नगरपालिकामा भने नगरप्रमुखमा जसपाका उम्मेदवार दिनेशप्रसाद यादव र उपप्रमुखमा  काँग्रेसका सुनिताकुमारी सिंह विजयी भएका छन् ।

मुखियापट्टी मुसहरनिया गाउँपालिकाको अध्यक्षमा जसपा उम्मेदवार जयकुमार यादव र उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएका छन् । बटेश्वर गाउँपालिकाको अध्यक्षमा काँग्रेसका उम्मेदवार रामअशिष महतो र  उपाध्यक्षमा सोही पार्टीकै फूलकुमारी सिंह  निर्वाचित भएका छन् ।

मिथिला नगरपालिकाको प्रमुखमा  काँग्रेसका महेन्द्र महतो र उपप्रमुखमा एमालेका सुनितासिंह बुढाथो निर्वाचित भएका छन् । त्यस्तै नगराइन नगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार विनयकुमार यादव र उपप्रमुखमा एमालेका राधादेवी यादव विजयी भएका छन् ।

गणेशमान चारनाथ नगरपालिका प्रमुखमा जितनारायण यादव  र उपप्रमुखमा तुलसाकुमारी पाण्डेय निर्वाचित भएका छन् । त्यस्तै सबैला नगरपालिकाको प्रमुख पदमा माओवादीका केन्द्रका उम्मेदवार कारीराम यादव  र उपप्रमुख रहिमा खातुन निर्वाचित भएका छन् । 

 

हंसपुर नगरपालिकाको प्रमुखमा  काँग्रेसका उम्मेदवार प्रदीप यादव  र उपप्रमुखमा काँग्रेसकै दुर्गा देवी निर्वाचित हुनुभएको छ । त्यस्तै मिथिला बिहारी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस उम्मेदवार राजेन्द्रप्रसाद यादव र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवार शोभादेवी साह निर्वाचित हुनुभएको छ ।

 

धनुषाको क्षीरेश्वरनाथमा अहिलेसम्मको मतगणनामा  एमालेले र जनकपुर धाममा स्वतन्त्र उम्मेदवार मनोज साहले निरन्तर अग्रता कायम राख्नुभएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप