लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध
![लुम्बिनीमा रुख ढल्दा कर्णालीमा विद्युत् सेवा अवरुद्ध](https://rpcdn.ratopati.com/media/albums/hawa_huri_5_4AZZ7lCwB2.jpg)
लुम्बिनी प्रदेशअन्तर्गत बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीमा हावाहुरीका कारण रुख ढल्दा विद्युत् प्रशारण लाइनमा क्षति भएपछि कर्णालीमा गएरातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । शनिबार बेलुकी चलेको हावाहुरीले रुख ढल्दा ३३ केभी प्रशारण लाइनको प्रशारण लाइन चुडिएपछि विद्युत् सेवा अवरुद्ध भएको हो ।
आज बिहानदेखि उक्त ढलेका रुख हटाएर प्रशारण लाइनमा मर्मतको काम सुरु भएको नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेशले जनाएको छ । १३३ केभी प्रशारण लाइन निर्माण गर्न ढिलाइ हुँदा हावाहुरी चल्ने वित्तिकै कर्णालीमा विद्युत् सेवा अवरुद्ध हुने गर्दछ । गएरातिदेखि सुर्खेत, सल्यान, जाजरकोट, कालिकोट, जुम्ला र दैलेखमा विद्युत् सेवा अवरुद्ध भएको छ ।
राति रुख ढलेका कारण विद्युत् समस्या भएको स्थान पत्ता लगाउन मुस्किल भएको प्राधिकरणले बताएको छ । लुम्बिनी प्रदेशको कोहलपुर हुँदै कर्णाली प्रदेशमा विद्युत् प्रशारण लाइन आउने गर्दछ । विद्युत्मा हुने समस्याले गर्दा काममा बाधा पुगेको सेवाग्राही बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रीमतीको रिसले मिलेनियरले आफ्नै घर जलाएपछि...
-
वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखा कार्यालयमा आगलागी
-
अस्ट्रेलियाले विदेशी विद्यार्थीका लागि दोब्बरभन्दा बढी बढायो भिसा शुल्क
-
बैठकमा देउवाको बिफ्रिङ : ओलीसँगको कुराकानी सकारात्मक छ
-
प्रधानमन्त्री बन्ने चर्चा हुनु धेरै राम्रो : ओली
-
अन्तर्राष्ट्रिय सम्बन्धको केन्द्रमा राष्ट्रको हित र जनता हुनुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ