प्रधानमन्त्री देउवासँग अमेरिकी उपविदेशमन्त्रीको भेट
आइतबार, ०८ जेठ २०७९, १२ : ०७
प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका नागरिक सुरक्षा, लोकतन्त्र र मानवअधिकार उपविदेशमन्त्री उज्रा जिया नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा उनीहरुबीच नेपाल–अमेरिका सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले अमेरिकी प्रतिनिधिमण्डललाई स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेका छन्। तिब्बत मामिलाका लागि अमेरिकी विशेष संयोजकसमेत रहेका उनी तीन दिने नेपाल भ्रमणका क्रममा शुक्रबार यहाँ आइपुगेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतियोगिताको पुरस्कार रकम नदिई भाग्ने दुई जना पक्राउ
-
इन्डोनेशिया बन्यो ब्रिक्सको पूर्ण सदस्य
-
विमानस्थलबाट सुनसहित एक जना पक्राउ
-
२१ दिनको अवधिमा ११ वटा भूकम्पको धक्का
-
केन्द्रीय सदस्यले बोल्ने क्रम सकिएपछि एमाले बैठकमा ओलीले जवाफ दिँदै
-
प्राधिकरण सञ्चालक समितिको बैठकमा ऊर्जामन्त्री र सचिवहरू अनुपस्थित