भरतपुर अपडेट : अघिल्लो निर्वाचनमा मतपत्र च्यातिएको वडामा गणना जारी
चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ र २० को मतगणना जारी रहेको छ । अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुर १९ मा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए । भरतपुरमा २०७४ जेठ १४ गते राति मतपत्र च्यातिएको विषय अझै सेलाएको छैन ।
तत्कालीन अवस्थामा मतपत्र च्यातेको आरोपमा द्रोण सिवाकोटी र मधु न्यौपाने पक्राउ परेका थिए । पछि जिल्ला अदालतले उनीहरुलाई जनही १ लाख धरौटी रकममा रिहा गरेको थियो भने यही प्रकरणले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को पुनः मतदान भएको थियो ।
यो प्रकरण सर्वोच्चमा पुगेपछि अन्तिममा वडा नम्बर १९ मा पुनः मतदान गराउने फैसला भएको थियो भने त्यही अनुसार पुनः मतदान भएर रेनु दाहाल एमालेका देवी ज्ञवालीलाई हराउँदै मेयरमा विजयी भएकी थिइन् ।
अहिले सोही वडासहित वडा नम्बर २० को मतगणना जारी रहेको हो । वडा नम्बर १९ मा कुल ३८४६ मतदातामध्ये २८४७ मत खसेको छ ।
०७४ को निर्वाचनमा माओवादीले धाँधली गरेर चुनाव जितेको आरोप लागेपनि यसपटक दाहालको राम्रो मतान्तर रहेको छ । ५ वर्षको बिचमा उनले जनमत बढाएको मतपरिणामले देखाएको छ । हालसम्म भरतपुर महानगरपालिकामा ९२ हजार ७२८ मतगणना हुँदा रेनुले ७९०७ को मतान्तर बनाएकी छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार दाहालले ३६ हजार ५३० मत पाउँदा एमालेका उम्मेदवार विजय सुवेदीले २८ हजार ६२३ मत र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ११५ मत पाएका छन् । उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले भारी मतका साथ अग्रता बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए
-
नाउपाका नेता घनश्याम चौधरी भन्छन्– सुदूरपश्चिम सरकारबाट हामी फिर्ता हुँदैनौँ
-
त्रिविले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने
-
अन्तर्राष्ट्रिय अदालतद्वारा गाजामा निर्बाध सहायता अनुमति दिन आदेश
-
भारतमा ट्याक्सी दुर्घटना हुँदा १० जनाको मृत्यु
-
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै