
फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक

बीआर इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा तयार भएको फिल्म ‘पासो’ को ट्रेलर सार्वजनिक गरिएको छ । कार्तिकको २५ गतेबाट रिलिज हुने यो फिल्मको ट्रेलरमा फिल्मका कलाकार देखिएका छन् । रीस्ता बस्नेत, सुनिषा बजगार्इं, रामकुमार बस्ताकोटी, प्रतिक दुलाल, प्रनव आकाशको मुख्य भूमिका छ । ,.फिल्मको ट्रेलरमा काठको बक्साभित्र थुनिएकी यूवतीको कथा भनिएको छ ।
सूर्य दयालुको संगीत रहेको फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन आर.बी पुनको छ । फिल्ममा भगवान भुजेलको लगानी छ । उत्तम हुमागाँइको छायांकन रहेको फिल्म भूपेन्द्र अधिकारीको सम्पादन, सुरेज बस्येलको कोरियोग्राफी छ ।
‘पासो’को कार्यकारी निर्मातामा राजकुमार राउत छन् । फिल्मले यूवती बलात्कार, हत्या र बदलाको कथा भनेको छ । फिल्मलाई काठमाडौं बाहिर एफडी कम्पनी र काठमाडौंमा जीजीए ग्रुपले वितरण गर्नेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ