बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा रेनु दाहालको निरन्तर अग्रता, मतान्तर ७८५४

आइतबार, ०८ जेठ २०७९, ११ : २७
आइतबार, ०८ जेठ २०७९

चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा सत्ता गठबन्धनको साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले निरन्तर अग्रता बनाएकी छन् । हालसम्म ९२ हजार १२८ मतगणना हुँदा रेनुले निकटतम प्रतिद्वन्द्वी एमालेका विजय सुवेदीसँग ७८५४को मतान्तर बनाएकी छन् । 

दाहालले ३६ हजार २७२ मत पाउँदा सुवेदीले २८ हजार ४१८ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ७० मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ३८ हजार ३८५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले २२ हजार ४२७ मत पाएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप