बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

आज भलिबल दिवस

आइतबार, ०८ जेठ २०७९, १० : ४७
आइतबार, ०८ जेठ २०७९

तत्कालिन पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले २०७४ साल जेठ ८ गते भलिबललाई राष्ट्रिय खेलको मान्यता दियो । त्यसपछि भलिबलले भौगोलिक हिसाव र खेल भावनाको कदर गर्दै सबै क्षेत्रमा भलिबलको रौनक सफल भयो ।

त्यसैले हरेक वर्ष नेपाल भलिबल संघले जेठ ८ गतेलाई भलिबल दिवसको रुपमा मनाउँदै आइरहेको छ । नेपाल भलिबल संघले भने औपचारिक कार्यक्रमको जानकारी गराएको छैन ।

दिवसको अवसरमा जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले आइतबार जावलाखेलमा मैत्रीपूर्ण खेल लगायत, विविध कार्यक्रमको आयोजना गरिने जनाएको छ । घरेलु खेलकुदमा पछिल्लो समय भलिबल लोकप्रिय खेलको रुपमा अगाडी आएको छ ।  

भलिबललाई राष्ट्रिय खेलको रुपमा घोषणा गरेको सरकारले राष्ट्रिय खेलकुद विधेयकमै यसलाई समावेश गरेको छ । यता न्यूडायमण्ड एकेडेमीले पनि भलिबलको कार्यक्रम राखेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप