मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

पीएसजीमा रहँदा खुसी छु : एम्बाप्पे

आइतबार, ०८ जेठ २०७९, ०९ : ४३
आइतबार, ०८ जेठ २०७९

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेले क्लबसँगको सम्झौता नवीकरण गर्दा आफू खुसी भएको बताएका छन् ।​ एमबाप्पे सन् २०१८ मा मोनाकोबाट पीएसजी आएका थिए । २३ वर्षीय एमबाप्पेले अब आउने सिजनमा आफूले क्लबलाई उपाधि दिलाउन लागि पर्ने बताए ।

एम्बाप्पे पछिल्लो समय स्पेनिस क्लब रियल मड्रिड जाने चर्चा थियो । तर, सिजनको अन्तिम समयमा आउँदा उनले पीएसजीमा तीन वर्षका लागि सम्झौता नवीकरण गरेका छन् । सम्झौता नवीकरणसँगै एमबाप्पे २०२५ को जुन ३० सम्म पीएसजीमा रहने छन् ।

‘म पीएसजीमा नै रहँदा खुसी छु । क्लबका लागि उपाधि दिलाउन लागि पर्नेछु । मलाई आशा छ मेरो प्रदर्शनले क्लबमा ठूलो परिवर्तन ल्याउनेछ,’ सम्झौता नवीकरणपछि एम्बाप्पेले भने ।

एम्बाप्पेले हालसम्मको सहयोगका लागि विश्वभर रहेका पीएसजीका समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले समर्थकको साथ र सहयोग विना आफ्नो आगामि यात्रा असम्भव भएको बताए । उनले क्लबका अध्यक्ष नासेर अल–खेलाफीले आफूप्रति गरेको विश्वासको कदर गर्ने बताए ।

‘विश्वभर रहेको पीएसजीका समर्थकहरुलाई धेरै धन्यवाद दिन चाहन्छु । उहाँहरुको समर्थनबिना आगामि यात्रा सम्भव छैन् । क्लबका अध्यक्ष खेलाफीले मप्रति राखेको विश्वासको पनि कदर गर्नेछु,’ एम्बाप्पेले भने ।

त्यस्तै पीएसजीका अध्यक्ष खेलाफीले पीएसजीमा एम्बाप्पेलाई लामो समय राख्न पाउँदा निकै खुसी भएको बताए । उनले  यो क्लब र विश्वभरका समर्थकहरूका लागि निकै खुसीको क्षण रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप