लेइपजिगलाई पहिलो पटक जर्मन कपको उपाधि
आरबी लेइपिजगले पहिलो पटक जर्मन कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा फ्रेईवर्गलाई पेनाल्टीमा ४–२ ले हराउँदै लेइपिजगले पहिलो उपाधि जितेको हो । लेइपिजगको क्लब इतिहासमा लेइपिजगको यो पहिलो मुख्य उपाधि हो ।
खेलको निर्धारित र थप अतिरिक्त समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा लेइपिजगका क्रिस्टोफोर एनकुकु, विल्ली अर्वन, ड्यानियल ओल्मो र बेन्जामिन हेनरिचले गोल गरे । फ्रेईवर्गका निल्स पिटर्सन र केभिनले गोल गर्दा क्रिस्टियन गुन्टर र इर्मिडिन डेमीरोभिकले गोल गर्न चुकेका थिए ।
पेनाल्टी अघि खेलको १९ औं मिनेटमा म्याक्सिमिलियन इगेस्टिनको गोलबाट फ्रेईवर्र्गले अग्रता बनाएको थियो । खेलको ५७ औं मिनेटमा मार्सेल हाल्सटेनवर्गले रातो कार्ड पाएपछि लेइपिजग १० खेलाडीमा समेटियो । तर ७६ औं मिनेटमा क्रिस्टोफोरले एनकुकुले गोल गर्दै लेइपिजगलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता