बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंको मेयरमा बालेनको फराकिलो अग्रता, सिर्जनालाई दोस्रो मत

आइतबार, ०८ जेठ २०७९, ०९ : १०
आइतबार, ०८ जेठ २०७९

काठमाडौं महानगरपालिका मेयरमा वालेन साहले फराकिलो मतान्तरलाई कायमै राखेका छन् ।आइतबार बिहान ८ ः ३० बजेसम्म १ लाख ४ हजार ५ मत गणना हुँदा साहले ३७ हजार ९ सय ४४ मतसहित फराकिलो अग्रता लिएका छन् ।

उनलाई नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले २१ हजार २ सय २४ मतसहित पछ्याइरहेको अवस्था छ । बालेन काँग्रेसकी सिंह भन्दा १६ हजार ७ सय २० मतको बढी छ । 

एमालेका उम्मेदवार केशव स्थापित काँग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहभन्दा पछाडि परेका छन् । उनले  एमाले २० हजार ७ सय ४ मत पाएका छन् । यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले ३७ हजार ८ सय ४६ मतसहित अग्रस्थानमा छिन् । उनलाई गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १३ हजार २ सय ५ मतका साथ पछ्याइरहेका छन् ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप