बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तुलसीपुरको मेयर र उपमेयरमा एमालेको अग्रता

आइतबार, ०८ जेठ २०७९, ०८ : ५८
आइतबार, ०८ जेठ २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले अग्रता कायम राखेको छ । ३५ हजार १७५ मत गन्दा एमालेका टिकाराम खड्काले १५ हजार ४०५ मत प्राप्त गरेका छन् ।

गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १४ हजार ५९४ मत प्राप्त गरेका छन् । गठबन्धनका गिरी भन्दा एमाले उम्मेदवार खड्काले ८११ अगाडि छन् ।

 त्यस्तै, उपमेयरमा एमालेका स्यानी चौधरीले १४ हजार ६१५ पाएकी छिन् । यस्तै गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर राना​ले १०८९२ मत ल्याएका छन् । चौधरीसँग एकीकृत समाजवादीका उम्मेदवार राना  ३७२३ मतले पछाडि परेका छन् ।

उपमहानगरपालिकामा एक लाख एक हजार चार सय ६० मतदातामध्ये ७४ हजार तीन सय ३६ मत खसेको छ  । यसअघि तुलसीपुरकाको मेयर र उपमेयरमा एमालेले जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप