बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरधाममा मनोजको अग्रता कायमै, गठबन्धन चौथो स्थानमा

आइतबार, ०८ जेठ २०७९, ०७ : ५६
आइतबार, ०८ जेठ २०७९

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा काँग्रेसका बागी उम्मेदवार मनोज कुमार साहको अग्रता कायमै छ । आइतबार विहानको मत परिणाम अनुसार उनले ९ हजार ७७४ मत ल्याएका छन् ।

यस्तै एमालेले उम्मेदवार शिव शंकर साहले ७६०४ मतस​हित मनोजलाई पछ्याई राखेका छन् । लोसपाका मनोज चौधरी ३ हजार ९५८ मतसहित तेस्रो स्थानमा छन्  भने चौथो स्थानमा रहेका सत्ता गठबन्धनबाट जसपाका उम्मेदवार लाल किशोर साहले ३ हजार ३६१ मत छ  ।

यस्तै स्वतन्त्र उम्मेदवार बलराम महतो  ३ हजार ८५ मत पाएका छन् । उपमेयरमा गठबन्धनबाट काँग्रेसका किशोरी साह  १० हजार ९९५ मतसहित अग्रता लिरहेका छन् र उनले 

एमालेका रुणा देवी झाले  ८६६१, लोसपाका रिता कुमारी मिश्रले ४०९३ र स्वतन्त्र निर्मल कुमार चौधरीले  २९०१ मत पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप