आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा निर्वाचनः प्रधानमन्त्री मोरिसनले स्वीकारे पराजय

आइतबार, ०८ जेठ २०७९, ०७ : १४
आइतबार, ०८ जेठ २०७९

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले शनिबार भएको चुनावमा पराजय स्वीकार गरेका छन् । प्रारम्भिक रुझानले प्रधानमन्त्री मोरिसनको लिबरल–नेसनल गठबन्धनले चुनावमा हार्ने देखाइरहेका बेला प्रधानमन्त्रीले पराजय स्वीकार गरेको विवरणहरूमा जनाइएको छ । 

‘आज राति मैले विपक्षी नेता र आगामी प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग कुरा गरेको छु । मैले उहाँलाई चुनावी जितको लागि बधाई दिएको छु’, मोरिसनले भने। ‘अस्ट्रेलियालीहरूले ठूलो समर्थन र उनीहरूको शक्ति, लचिलोपन र चरित्र देखाएका छन् । म यसका लागि उनीहरूलाई धन्यवाद दिन्छु’, मोरिसनले भने, ‘सरकारको रूपमा हामीले राष्ट्रको सुरक्षामा लगानी गरेका छौँ ।’ गठबन्धनको नेतृत्व गरिरहेका लेबर नेता नेता एन्थोनी अल्बानीजले नयाँ अर्को सरकार बनाउने तयारी गरेको समाचारमा जनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप