बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् प्रदेश १ मा दोहोर्‍याएर जित्नेहरू

२९ जना प्रमुख/अध्यक्ष र १७ जना उपप्रमुख/उपाध्यक्षमा पुरानै अनुहार विजयी
आइतबार, ०८ जेठ २०७९, ०७ : ०५
आइतबार, ०८ जेठ २०७९

विराटनगर । प्रदेश १ मा हालसम्म मतगणना भएका १२३ वटा पालिकामध्ये २९ पालिकाका प्रमुख तथा अध्यक्ष पुरानै अनुहार दोहोरिएका छन् । यस्तै १७ जना पुरानै उपप्रमुख तथा उपाध्यक्ष दोहोरिएका छन् ।

एमालेका ११ जना प्रमुख/उपप्रमुख र ९ उपप्रमुख/उपाध्यक्षमा पुरानै अनुहार दोहोरिँदा काँग्रेसका ११ जना प्रमुख/अध्यक्ष र ६ जना उपप्रमुख/उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । यस्तै माओवादी केन्द्रका ४ जना अध्यक्ष र २ जना उपाध्यक्षमा पुरानै अनुहार दोहोरिएका छन् । नेकपा एकीकृत समाजवादीका २ जना र राप्रपाबाट १ जना प्रमुख/अध्यक्षमा दोहोरिएका छन् ।

हाल मतगणना बाँकी रहेको मोरङको रंगेली नगरपालिकामा पनि पुरानै अनुहार दोहोरिने सम्भावना छ । रंगेलीका प्रमुखका उम्मेदवार दिलिप अग्रवाल प्रतिस्पर्धीको भन्दै धेरै मतले अग्रता लिइरहेका छन् । उनी नेकपा एमालेबाट उम्मेदवार बनेका हुन् ।

झापाको कन्काइ नगरपालिकाको प्रमुखमा एमालेका राजेन्द्रकुमार पोखरेलले दोहोर्‍याएका हुन् । उनले ८ हजार ६७३ मत ल्याउँदा काँग्रेसका रुद्रप्रसाद चिमरियाले ६ हजार ६६१ मत ल्याएका छन् ।

झापाकै झापा गाउँपालिकामा काँग्रेसका जयनारायण साहले पुनः जितेका छन् । उनले ६ हजार ९९८ मत ल्याउँदा एमालेका गौरीशंकर राजवंशीले ४ हजार ३६५ मत ल्याए । झापाकै हल्दीबारी गाउँपालिका अध्यक्षमा राप्रपाका रविन्द्र लिङदेनले पुनः जितेका छन् । उनले ६ हजार ८ सय ५६ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर गिरीले ४ हजार ६ सय ६६ मत ल्याए ।

पुनः दोहोर्याएर जित्नेमा इलामको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई पनि हुन् । उनी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका थिए । उनले १२ हजार ४३१ मत ल्याउँदा नेकपा एमालेका काजिमान कागतेले १० हजार ५७९ मत ल्याएका हुन् । कागते प्रदेश १ का प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रमुख पदको उम्मेदवार बनेका थिए ।

इलामको देउमाइ नगरपालिकामा भने पुनः एमालेका प्रमुख र उपप्रमुखले नै दोहोर्‍याएका छन् । प्रमुखमा सूर्यप्रसाद पोखरेलले ८ हजार ६९५ मत ल्याउँदा उनका प्रतिस्पर्धी काँग्रेसका होमप्रसाद दुलालले ७ हजार ६२२ मत ल्याएका थिए । यस्तै उपप्रमुखमा पवीमाया राईले ८ हजार ५६३ मत पाउँदा माओवादी केन्द्रका रामकुमार राईले ५ हजार ७६५ मत ल्याउन सफल भए ।

यस्तै ताप्लेजुङको पाथीभरा याङ्बरकमा एमालेका अध्यक्ष र उपाध्यक्ष नै दोहोरिएका छन् । अध्यक्ष केशरकुमार सुब्बाले २ हजार ८९८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका रामकुमार थेबेले २ हजार ८७४ मत ल्याएका छन् । एमालेकै उपाध्यक्षकी उम्मेदवार रनमाया गुरुङले भने माओवादीका कुमार सुब्बा लिम्बुलाई पराजित गरेकी हुन् ।

संखुवासभा पाँचखपन गाउँपालिकाका अध्यक्ष विपीन राई पनि पुरानै अनुहार हुन् । उनले एमालेका हिन्दुकुमार राईलाई पराजित गरेका हुन् । विपीनले ४ हजार ७८८ मत ल्याउँदा हिन्दुले ३ हजार ४३७ मत ल्याउन सफल भए ।
संखुवासभाकै चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पा पनि पुनः दोहोर्‍याउन जनप्रतिनिधि हुन् । काँग्रेसका उम्मेदवार उनले १ हजार ८६१ मत ल्याउँदा माओवादी केन्द्रका रिपुप्रसाद राईले ९०९ मत ल्याएका थिए ।

तेह्रथुमको म्याङलुङ नगरपालिकाको अध्यक्षमा एमालेका सञ्जयकुमार तुम्बाहाम्फेले फेरि जितेका छन् । उनले ५ हजार ११७ मत ल्याउँदा काँग्रेसका अर्जुनबहादुर तुम्बाहाङफेले ४ हजार ४७८ मत ल्याए ।

तेह्रथुमकै लालिगुराँस नगरपालिकामा भने काँग्रेसका अर्जुन माबुहाङले पुनः जितेका छन् । माबुहाङले ५ हजार १३९ मत ल्याएर निर्वाचित हुँदा एमालेका गणेशकुमार लिम्बूले ३ हजार ३४४ मतमात्रै ल्याए ।

यस्तै तेह्रथुमकै छथर गाउँपालिकामा एमालेका अध्यक्ष र उपाध्यक्षका पुरानै उम्मेदवारले जितेका छन् । अध्यक्षमा सन्तवीर लिम्बूले ३ हजार ९१५ मत ल्याउँदा उपाध्यक्षमा तारा खरेलले पनि ३ हजार ७६२ मत ल्याएर विजयी बनिन् । अध्यक्षमा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका इन्द्रबहादुर इम्सङले ३ हजार ३०६ मत ल्याउँदा उपाध्यक्षमा भने काँग्रेसका टेकराज लिम्बूलाई ३ हजार ६०२ मत प्राप्त भएको थियो ।

यस्तै तेह्रथुमकै मेन्छयायेम गाउँपालिकामा एमालेका यादवबहादुर खापुङले पुनः दोहार्‍याएका छन् । खापुङले २०५५ मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसका धनकुमार लिम्बूले २०२१ मत ल्याएका थिए । उपाध्यक्षमा भने काँग्रेसकी गीतादेवी तिम्सिनाले पुनः दोहोर्‍याएकी छन् । उनले १ हजार ९८६ मत ल्याउँदा एमालेका प्रेमलता घिमिरेले १ हजार ९७४ मत ल्याइन् ।

उता, भोजपुर नगरपालिकाको प्रमुखका विजेता कैलाशकुमार आले पनि पुरानै अनुहार हुन् । काँग्रेसका उनले ५ हजार ६१५ ल्याउँदा एमालेका भरतकुमार तामाङले ५ हजार १०० मत ल्याएका थिए ।

भोजपुरकै अरुण गाउँपालिकाको उपाध्यक्षमा काँग्रेसकी विनिता ढकालले पुनः दोहोर्‍याएकी छन् । उनले ३ हजार मत ल्याउँदा एमालेकी कविता राईले २ हजार ५४४ मतमात्रै ल्याएकी थिइन् ।

भोजपुरकै पौवादुम्मा गाउँपालिकाका अध्यक्षमा एमालेका किरण राई पुनः विजयी भएका छन् । उनले २ हजार ४९९ मत ल्याउँदा माओवादीका नगेन्द्रबहादुर भुजेलले १ हजार ६८८ मत ल्याएका छन् । भोजपुरकै आमचोकमा माओवादीका अध्यक्ष तथा उपाध्यक्षका दुवै उम्मेदवारले जितेका छन् । उनीहरु पनि पुरानै अनुहार हुन् । अध्यक्षमा अशोक राईले ३ हजार ६८६ मत ल्याउँदा एमालेका बसन्त राईले ३ हजार २५८ मतमात्रै ल्याएका छन् । उपाध्यक्षमा पनि माओवादीकी सीता राईले ३ हजार ५६१ मत ल्याउँदा काँग्रेसका छिरिङ शेर्पाले ३ हजार २२४ मत ल्याएका छन् । भोजपुरकै हतुवागढीको अध्यक्षमा निर्वाचित एमालेका प्रेम कुमार राई पनि पुरानै अनुहार हुन् । उनले ४ हजार ४२ मत ल्याउँदा काँग्रेसका गजेन्द्र कार्कीले ३ हजार ३५३ मत पाएका छन् ।

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ पनि पुरानै अनुहार हुन् । उनले ७ हजार ६६६ मत ल्याउँदा काँग्रेसका दिनेश राईले ७ हजार ६५२ मत पाएका छन् । धनकुटाकै सहिदभूमि गाउँपालिकामा पनि एमालेले दुवै उम्मेदवार दोहोर्‍याएको छ ।

अध्यक्षका उम्मेदवार मनोज राईले ४ हजार २१४ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीका जीतबहादुर राईले ४ हजार २७ मतमात्रै ल्याउन सफल भए । उपाध्यक्षमा विजयी एमालेकी रत्नेश्वरी राईले ४ हजार ६७२ मत ल्याउँदा काँग्रेसका तोर्णबहादुर खड्काले भने ३ हजार ३७१ मतमात्रै ल्याएका छन् ।

धनकुटाकै महालक्ष्मी नगरपालिकाको उपप्रमुख एमालेकी मञ्जुकुमारी कार्कीले पनि पुनः दोहोर्याएकी छिन् । उनलाई ५ हजार ३८४ मत आउँदा माओवादी केन्द्रका प्रेम खड्काले ४ हजार ९३४ मत ल्याएका हुन् ।

यस्तै उदयपुरको उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर विजयी भएका छन् । उनी पनि यसअघि सोही पालिकाका अध्यक्ष थिए । उनले ४ हजार ९४२ मत ल्याउँदा एमालेका गोपाल बहादुर खत्रीले ४ हजार ११४ मत ल्याए ।

यस्तै लिम्चिङबुङ गाउँपालिकाको अध्यक्षमा विजयी माओवादी केन्द्रका मेजरकुमार राई पनि पुरानै अनुहार हुन् । उनले २ हजार ५१ मत ल्याउँदा एमालेका राजकुमार राईले १ हजार ५८९ मत पाएका छन् ।
ओखलढुंगा खिजिदिम्बा गाउँपालिकाका उपाध्यक्ष काँग्रेसकी सुशीला तामाङ, चम्पादेवी गाउँपालिका अध्यक्ष नवराज केसी (काँग्रेस), चिशंखुगरी गाउँपालिका अध्यक्ष निशान्त शर्मा (माओवादी केन्द्र), खोटाङको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिग्राम बञ्जरा (काँग्रेस) पनि पुरानै अनुहार हुन् ।

यस्तै सोलुखुम्बु सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्गु शेर्पा (काँग्रेस), माप्य दूधकुण्ड गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई (एमाले), खुम्बुपासाङ ल्यामु गाउँपालिकाका उपाध्यक्ष टासी ल्यामु शेर्पा (एमाले), महाकुलुङ गाउँपालिका

उपाध्यक्ष विपना कुलुङ (काँग्रेस), थुलुङ दूधकोशी गाउँपालिका अध्यक्ष असिम राई (माओवादी), उपाध्यक्ष सविता राई (माओवादी) पनि पुरानै अनुहार हुन् ।

सुनसरी दुहबी नगरपालिकाका प्रमु्ख वेदनारायण गच्छदार (काँग्रेस), कोशी गाउँपालिका अध्यक्ष अयुव अन्सारी (काँग्रेस), उपाध्यक्ष अनिता देवी यादव (काँग्रेस), मोरङको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौला (एमाले), उपप्रमुख दमयन्ता चुँडाल (एमाले), बुढीगंगा गाउँपालिका उपाध्यक्ष अमृता गच्छदार (काँग्रेस), धनपालथान उपाध्यक्ष नामिमा बानु (काँग्रेस) पनि पुरानै अनुहार हुन् । पाँचथर हिलिहाङको उपाध्यक्षमा निर्वाचित सुमित्रा उप्रेती सेडाईले पनि पुनः दोहोर्‍याएकी छन् ।
 
पुनः विजयी बनेका अनुहारहरु
 
झापा
 कन्काइ
अध्यक्षः राजेन्द्रकुमार पोखरेल (एमाले)
 
झापा गाउँपालिका
अध्यक्षः जयरानायण साह (काँग्रेस)
 
हल्दीबारी गाउँपालिका
अध्यक्षः रविन्द्र लिङ्देन
 
इलाम
सूर्योदय नगरपालिका
प्रमुखः रणबहादुर राई (नेकपा एकीकृत समाजवादी)
 
देउमाइ नगरपालिका
प्रमु्खः सूर्यप्रसाद पोखरेल (एमाले)
उपप्रमुखः पविमाया राई (एमाले)
 
पाँचथर
हिलिहाङ गाउँपालिका
उपाध्यक्षः सुमित्रा उप्रेती सेढाई (एमाले)
 
ताप्लेजुङ
पाथीभरा याङ्बरक गाउँपालिका
अध्यक्षः केशरकुमार सुब्बा (एमाले)
उपाध्यक्षः रनमाया गुरुङ (एमाले)
 
संखुवासभा
पाँचखपन गाउँपालिका
अध्यक्षः विपिन राई (काँग्रेस)
 
चिचिला गाउँपालिका
अध्यक्षः पासाङ नुर्बु शेर्पा (काँग्रेस)
 
तेह्रथुम
म्याङलुङ नगरपालिका
प्रमुखः सञ्जयकुमार तुम्बाहाम्फे (एमाले)
 
लालिगुराँस नगरपालिका
अध्यक्षः अर्जुन माबुहाङ (काँग्रेस)
 
छथर गाउँपालिका
अध्यक्षः सन्तवीर लिम्बू (एमाले)
उपाध्यक्षः तारा खरेल (एमाले)
 
मेन्छ्याङ गाउँपालिका
अध्यक्षः यादव बहादुर खापुङ (एमाले)
उपाध्यक्षः गीतादेवी तिम्सिना (काँग्रेस)
 
भोजपुर
भोजपुर नगरपालिका
अध्यक्षः कैलाश कुमार आले (काँग्रेस)
 
अरुण गाउँपालिका
उपाध्यक्षः विनिता ढकाल (काँग्रेस)
 
पौवादुम्मा गाउँपालिका
अध्यक्षः किरण राई (एमाले)
 
आमचोक गाउँपालिका
अध्यक्षः अशोक राई (माओवादी)
उपाध्यक्षः सीता राई (माओवादी)
 
हतुवागढी गाउँपालिका
अध्यक्षः प्रेमकुमार राई (एमाले)
 
धनकुटा
धनकुटा नगरपालिका
प्रमुखः चिन्तन तामाङ (एमाले)
 
सहिदभूमि गाउँपालिका
अध्यक्षः मनोज राई (एमाले)
उपाध्यक्षः रत्नेश्वरी राई (एमाले)
 
महालक्ष्मी नगरपालिका
उपप्रमुखः मञ्जु कुमारी कार्की (एमाले)
 
उदयपुर
उदयपुरगढी गाउँपालिका
प्रमुखः मानबहादुर केप्छाकी मगर (नेकपा एकीकृत समाजवादी)
 
लिम्चिङबुङ गाउँपालिका
अध्यक्षः मेजरकुमार राई (माओवादी)
 
ओखलढुंगा
खिजिदिम्बा गाउँपालिका
उपाध्यक्ष : सुशीला तामाङ (काँग्रेस)
 
चम्पादेवी गाउँपालिका
अध्यक्षः नवराज केसी (काँग्रेस)
 
चिशंखुगरी गाउँपालिका
अध्यक्षः निशान्त शर्मा (माओवादी केन्द्र)
 
खोटाङ
बराहपोखरी गाउँपालिका
अध्यक्षः शालिग्राम बञ्जरा (काँग्रेस)
 
सोलुखुम्बु
सोलुदुधकुण्ड नगरपालिका
प्रमुखः नाम्गेल जाङ्गु शेर्पा (काँग्रेस)
 
माप्य दूधकुण्ड गाउँपालिका
अध्यक्ष : बुद्धिकिरण राई (एमाले)
 
खुम्बुपासाङ ल्यामु गाउँपालिका
उपाध्यक्ष : टासी ल्यामु शेर्पा (एमाले)
 
महाकुलुङ गाउँपालिका
उपाध्यक्षः विपना कुलुङ (काँग्रेस)
 
थुलुङ दूधकोशी गाउँपालिका
अध्यक्ष : असिम राई (माओवादी)
उपाध्यक्ष : सविता राई (माओवादी)
 
सुनसरी
दुहबी नगरपालिका
प्रमु्खः वेदनारायण गच्छदार (काँग्रेस)
 
कोशी गाउँपालिका
अध्यक्षः अयुव अन्सारी (काँग्रेस)
उपाध्यक्षः अनिता देवी यादव (काँग्रेस)
 
मोरङ
लेटाङ नगरपालिका
उपप्रमुखः कृष्णकुमारी निरौला (एमाले)
 
रतुवामाइ नगरपालिका
उपप्रमुखः दमयन्ता चुँडाल एमाले
 
बुढीगंगा गाउँपालिका
उपाध्यक्षः अमृता गच्छदार (कांग्रेस)
 
धनपालथान गाउँपालिका
उपाध्यक्षः नामिमा बानु (काँग्रेस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप