सबै प्रदेशमा काँग्रेस पहिलो

स्थानीय तह निर्वाचनको दुुईतिहाइभन्दा बढी तहको मतगणना सार्वजनिक हुँदा नेपाली काँग्रेस सबै प्रदेशमा ठूलो दल बन्ने भएको छ ।
शनिबार सम्मको मतगणना परिणामअनुसार काँग्रेस प्रदेश १ मा ५१ प्रतिशतभन्दा बढी स्थानीय तहमा विजयी भएको छ भने बागमती प्रदेशमा ४८ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।
मधेस प्रदेशबाहेक अरू सबै प्रदेशमा ४२ प्रतिशतभन्दा बढी स्थानीय तहमा काँग्रेसले जित हासिल गरेको छ । मधेस प्रदेशमा भने ३६ प्रतिशत स्थानीय तहमा काँग्रेसले जितेको छ । सबै प्रदेशको स्थिति हेर्दा नेकपा (एमाले) दोस्रो ठूलो दल बन्ने भएको छ । शनिबार सम्मको घोषणाअनुसार एमालेले गण्डकी प्रदेशमा सबैभन्दा बढी ४२ प्रतिशत स्थानीय तहमा आफ्ना उम्मेदवारलाई जिताउन सफल भएको छ ।
गण्डकी प्रदेशमा काँग्रेस र एमालेले जित्ने स्थानीय तहको प्रतिशत ४२/४२ प्रतिशत बराबर छ । शनिबारसम्म गण्डकी प्रदेशमा काँग्रेस र एमालेका ३५/३५ जना प्रमुख तथा अध्यक्ष जितेका छन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकाली सिँचाइ तेस्रो चरणले गति लिँदै
-
कानुन दिवस कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्रीदेखि सभामुखसम्म (फोटोफिचर)
-
तस्बिरमा हेर्नुहोस् नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला
-
भारत र पाकिस्तानमा क्रिकेट खेलिरहेका इङ्ल्यान्डका यी चर्चित दाजु–भाइ सुरक्षालाई लिएर चिन्तित
-
नर्भिकले भित्र्यायो प्रसूति तथा स्त्रीरोग विभागमा थप ५ अनुभवी चिकित्सक
-
श्रीलङ्कामा सेनाकाे हेलिकप्टर दुर्घटना, ६ जनाको मृत्यु