अझै केही दिन हुरीबतासको खतरा
शुक्रबार साँझ आएको हुरीबतासले देशभर ठूलो मानवीय र भौतिक क्षति पुयायो। चितवनमा तीन जना र काठमाडौँमा रुखले च्यापेर एक जनासहित चार जनाको ज्यान गयो भने अरू १० जना घाइते भएका छन् । हावाहुरीकै कारणले बिजुलीका पोल ढल्दा धेरै ठाउँमा विद्युत् सेवा अवरुद्ध छ।
नेपालका विभिन्न भूभागमा हावाहुरीको चाप केही दिन कायम रहने अनुमान गरिएको छ । मनसुन भित्र्याउन सक्रिय बनेको स्थानीय वायु विकास हुने क्रम तीव्र बनेकाले यसरी वेगयुक्त हावाहुरी र मेघगर्जनसहितको चट्याङ आउने सम्भावना पनि उत्तिकै बढेको विज्ञले बताएका छन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन भित्रिनुअघिको गतिविधिका रूपमा हावाहुरी र चट्याङयुक्त वर्षालाई लिइन्छ। पूर्वमनसुनको समय हावाहुरी, मेघगर्जन, चट्याङ, गर्मी बढ्ने समय हो। मौसमविद् वरुण पौडेलले भने, “यो बेला सूर्य जाडो महिनाभन्दा पृथ्वीको नजिक हुन्छ, जसले जमिन तताउँछ, फलस्वरूप स-साना जलवाष्पका कणहरूको विकास हुन्छ।” । उनका अनुसार ती साना जलवाष्पयुक्त कण भरिएका वायुका कोषहरू हावाको वहावमा एकत्रित हुँदै अघि बढ्छन् । यी कोष जति एक-अर्कासँग जोडिदै जान्छन् त्यति ठूलो आकारका बन्छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी