शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँ महानगर  वडा नम्बर ३१ मा एमालेका ढकाल निर्वाचित

शनिबार, ०७ जेठ २०७९, २२ : ४१
शनिबार, ०७ जेठ २०७९

काठमाडौँ महानगरपालिका–३१ मा नेकपा (एमाले)का उम्मेदवार सरोज ढकाल विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी रविन्द्र विक्रम राणालाई एक हजार ७७६ मतान्तरले पछि मार्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । ढकालले ४ हजार ७६७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार राणाले २ हजार ९९१ मत प्राप्त गरेका छन्।  

त्यसैगरी सदस्यमा कांग्रेसका तर्फबाट  अशोक केसी खत्री र  एमालेका हुमादेवी आचार्य निर्वाचित भएका छन्। महिला सदस्यतर्फ एमालेका अप्सरा सञ्जेलले जीत हात गरेकी छन् । दलित महिला सदस्यमा एमालेकै सान्नानी मिजार विजय भएकी छन् । 

हालसम्म कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मत परिणाम सार्वजनिक भइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप