ad
x
समाचार

यस्तो छ काठमाडौं महानगरपालिकाको आधिकारिक मत परिणाम

person explore access_timeजेठ ७, २०७९ chat_bubble_outline0

काठमाडौं महानगरपालिकाको मतगणनाको ताजा मत परिणाम सार्वजनिक भएको छ । शनिबार राति ९:५५ बजे सार्वजनिक गरिएको आधिकारिक मतगणनाको विवरणअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ३४ हजार ९३५ मत पाएका छन् । यता एमालेका केशव स्थापितले हालसम्म १८ हजार ९७९ मत पाएका छन् । यस्तै नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठले १९ हजार ३१५ मत पाएकी छन् ।


महानगरपालिकाको उपमेयर पदमा एमालेकी उम्मेदवार सुनिता डंगोलले विशाल अग्रता बनाएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वीले भन्दा २२ हजार बढीको मतान्तर बनाएकी हुन् । ​सुनिताले ३४ हजार ३० मत पाएकी छन् । यस्तै सत्ता गठबन्धनको तर्फबाट उपमेयरको उम्मेदवार बनेका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ११ हजार ८४२ मत पाएका छन् ।











कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।