शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अन्तत: पेरिस सेन्ट जर्मेनमै बस्ने भए एम्बाप्पे

शनिबार, ०७ जेठ २०७९, २० : ५७
शनिबार, ०७ जेठ २०७९

फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले अन्तत: पेरिस सेन्ट जर्मेनमै बस्न सैद्धान्तिक सहमति जनाएका छन् । २०१८ को विश्व कप विजेता खेलाडी यो सिजन रियल म्याड्रिड जाने चर्चा थियो । तर उनले अब फ्रान्सेली च्याम्पियनसँग नयाँ करार गर्न लागेको बताइएको छ ।

एमबाप्पेले पीएसजीसँग तीन वर्षको नयाँ सम्झौता गर्ने छन् । सम्झौतामा हस्ताक्षर हुन बाँकी छ तर पीएसजीले शनिबार साँझ मेट्जसँग सिजनको अन्तिम खेल पछि यसको घोषणा गर्ने सम्भावना छ। ​एम्बाप्पेले स्पेन जानका लागि केही महिना अघि रियलसँग आर्थिक प्याकेजमा सहमति जनाएका थिए, तर अहिले उनी कार्लो एन्सेलोटीको टोलीमा नजाने निर्णय गरेका छन् ।  २३ वर्षीय खेलाडी अगस्ट २०१७ मा मोनाकोबाट सिजन-लामो लोनमा पीएसजीमा समेल भएका थिए । उनले पाँच सिजनमा पीएसजीलाई चार लिग वान उपाधि जिताइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप