बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बागलुङ नगरपालिकामा आठ उम्मेदवारको धरौटी जफत

शनिबार, ०७ जेठ २०७९, २० : ४८
शनिबार, ०७ जेठ २०७९

वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिकामा उम्मेदवार बनेका पाँच राजनीतिक दलका उम्मेदवारको धरौटी जफत भएको छ ।

कूल सदर मत खसेको १० प्रतिशत मत नल्याएका दलका उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्थाअनुसार नगरप्रमुख र उपप्रमुखका आठ उम्मेदवारको धरौटी रकम जफत भएको हो । कूल ४० हजार ४१८ मतदाता रहेकामा सो नगरपालिकाका १४ वडामा २५ हजार ७९२ मत खसेको थियो ।

नगरपालिकामा खसेको २४ हजार ८०० मतमध्ये पाँच पार्टीका नगरप्रमुख र उपप्रमुखका उम्मेदवारले १० प्रतिशत मत ल्याउन नसकेपछि उनीहरूको धरौटी जफत भएको छ । नगरप्रमुखका उम्मेदवार विवेकशील साझा पार्टीका सुरज खड्काले ५४ मत, नेपाल दलित पार्टीका भक्तबहादुर रसाइलीले ६३ मत, नेपाली काँग्रेस ‘बिपी’ का धना आचार्यले १२ मत, नेकपा (माले)का मञ्जु क्षेत्रीले २६ मत, र नेपाल परिवार दलका नलीप्रसाद आचार्यले १२ मत पाएपछि धरौटी जफत भएको निर्वाचन कार्यालयले जनाएको छ । 

नगर उपप्रमुख पदमा उम्मेदवारी दिएका नेपाल दलित पार्टीका शान्तिकुमारी नेपालीले ५२ मत, एकीकृत समाजवादीका जीवन आचार्यले ५० मत र स्वतन्त्र उम्मेदवार ताराकुमारी रिजालले ९३ मत प्राप्त गरेपछि धरौटी जफत भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप