मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एघार जनामा सङ्क्रमण पुष्टि

शनिबार, ०७ जेठ २०७९, २० : ४६
शनिबार, ०७ जेठ २०७९

देशभर पछिल्लो २४ घण्टामा थप ११ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय तीन हजार ३० को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७९ हजार ६२ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार २०९ रहेको छ । पछिल्लो समय थप १२ सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ९६२ पुगेको छ । 

नेपालमा यस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५२ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १४८ रहेको छ । होम आइसोलेशनमा १४८ रहेका छन् भने आईसीयु र भेन्टिलेटरमा एक/एक जना रहेको बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप