शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेत्रहीन क्रिकेटको उपाधि बागमतीलाई

शनिबार, ०७ जेठ २०७९, २० : ४४
शनिबार, ०७ जेठ २०७९

पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय पुरुष नेत्रहीन क्रिकेटको उपाधि बाग्मती प्रदेशले शनिबार जितेको छ । दुई खेलको टी– २० शृंखला बागमतीले २–० ले जितेको हो ।
दोश्रो खेलमा बागमतीले मधेश प्रदेशलाई २ विकेटले पराजित ग-यो । पहिले ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । सागर चेपाङले ३१ रन जोडे ।

प्रत्युत्तरमा बागमतीले १९.४ ओभरमा ८ विकेट क्षतिमा लक्ष्य भेटायो । शान्त पहरीले ३८ रन बनाए । राष्ट्रिय नेत्रहीन क्रिकेट संघको तत्वावधानमा मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा शान्त ‘म्यान अफ द सिरिज’ घोषित भए । सिरिजमा शान्तले ६९ रन बनाउनुका साथै ४ विकेट पनि लिए । पहिलो खेलमा बाग्मतीले मधेशलाई ७ विकेटले हराएको थियो ।
यसैगरी पारा राष्ट्रिय खेलकुदअन्तर्गत व्हीलचेयर बास्केटबलको पुरुषमा गण्डकी प्रदेश र महिलामा बाग्मती प्रदेशले शनिबार उपाधि हात पारेका छन् ।

नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको तत्वावधानमा राखेपद्वारा आयोजित प्रतियोगिताअन्तर्गत ५ टिम सहभागी पुरुषको राउन्ड रोविन लिगमा गण्डकीले सर्वाधिक ६५ अंक जोड्यो । ४६ अंकसाथ कर्णाली प्रदेश दोश्रो तथा ४४ अंकमा सुदूरपश्चिम प्रदेश तेश्रो भए । अत्तरखेलस्थित बौद्ध इन्टरनेसनल स्कुलमा भएको प्रतियोगिताको महिलामा लुम्बिनी दोश्रो भयो ।
विभिन्न १२ खेल समावेश पारा राष्ट्रिय खेलकुदमा ५ खेलको प्रतियोगिता सम्पन्न भइसकेको छ । यसअघि दृष्टिविहीन गोलबल सम्पन्न भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप