शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मकवानपुरमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

शनिबार, ०७ जेठ २०७९, २० : ०३
शनिबार, ०७ जेठ २०७९

मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२, कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको  जिप  दुर्घटनामा परेको हो । 

 जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको बताए । जिपमा सवार ८ जना मध्ये अन्य ४ जना घाइते भएको उनले बताए । तिव्र गतिका कारण जिप अनियन्त्रित भइ पुलमा ठोक्किएर दुर्घटना भएको उनले बताए । 

उनका अनुसार घाइतेहरूलाई उपचारका लागि हेटौंडातर्फ पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप