
९ महिनामा विदेशबाट ५२ करोडको गोलभेँडा आयात

चालू आर्थिक वर्ष २०७८/७९ मा विदेशबाट ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा आयात भएको छ । भन्सार विभागले दिएको जानकारी अनुसार साउनदेखि चैत महिनासम्मको अवधिमा उक्त मूल्य बराबरको ३९ करोड ५२ लाख किलोग्राम गोलभेँडा आयात भएको हो ।
नेपालमा भारत र इण्डोनेसियादेखि गोलभेँडा आयात हुने गरेको छ । विभागका अनुसार चालू आर्थिक वर्षको यो अवधिमा यी दुई मुलुकमध्ये भारतबाट सबैभन्दा धेरै गोलभेँडा आयात भएको छ । भारतबाट ५२ करोड ६४ लाख रुपैयाँको गोलभेँडा भित्रिएको छ ।
यस्तै, इण्डोनेसियाबाट ११ हजार रुपैयाँको ६२५ किलोग्राम गोलभेँडा आयात भएको विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । यसैगरी, ९ महिनाको अवधिमा उक्त मूल्यको गोलभेँडा आयात हुँदा राज्यले ४ करोड ७६ लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ