ad
x

अन्तिम खेलमा युगान्डामाथि नेपालको जित

person explore access_timeजेठ ७, २०७९ chat_bubble_outline0

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी–ट्वान्टी जित निकालेको छ । शनिबार त्रिवि मैदानमा सिरिजको अन्तिम खेलमा नेपालले पाहुना टोली युगान्डालाई ३३ रनले हराएको हो । घरेलु टोली नेपाल पाँच खेलको टी–ट्वान्टी सिरिजमा युगान्डासँग ३–२ हार ब्यहोर्याे । अन्तिम खेलमा सहज जित निकाल्दै नेपालले सिरिजको अन्त्य गरेको हो ।


नेपालले दिएको १२४ रनको लक्ष्य पछ्याएको युगान्डाले ६ विकेट गुमाएर ९० रन मात्र बनायो । युगान्डाका लागि रिता मुसामालीले सर्वाधिक २६ रन बनाईन् । ओपनर केभिन अविनोले १५ रन बनाउँदा कान्सी अवेको १३ रनमा नटआउट रहिन ।



बलिङतर्फ नेपालका लागि इन्दु वर्मा र सिता राना मगरले समान दुई–दुई विकेट लिए । आस्मिना कर्मचार्य र हिरामाइ रोयले समान एक–एक विकेट हात पारे । यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभमार ६ विकेट गुमाएर १२३ रन बनाएको थियो ।



नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४९ रन बनाईन् । सिताराना मगरले १७ रन बनाउँदा कबिता जोशी नटआउट १८ तथा अपसरी बेगमले ११ रनको योगदान गरिन् । युगान्डाका लागि बलिङतर्फ युगान्डाका कान्सी अवेकोस र फियोना कुलुमेले समान एक–एक विकेट लिए ।



युगान्डाले लगातार तीन खेलमा जित निकाल्दै दुई खेल अगावै सिरिज जितिसकेको थियो । 





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।