शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुरको गठबन्धनः काँग्रेसमाथि भोट खनियो, माओवादी उम्मेदवारले पाएनन्

शनिबार, ०७ जेठ २०७९, १८ : ५४
शनिबार, ०७ जेठ २०७९

ललितपुर महानगरपालिकामा सत्ता गठबन्धन भएपनि भोट भने सोअनुसार नआएको मतपरिणामले देखाएको छ । ललितपुर महानगरपालिकामा काँग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयर पाएको छ । 
जसमा चिरीबाबु महर्जनले मेयरमा २७६९४ मत पाउँदा उपमेयरमा माओवादी केन्द्रका बाबु राज बज्राचार्यले भने उल्लेख्य भोट पाएका छैनन् । उनले मात्र १०४३६ मत पाएका हुन् । 

उपमेयरमा एमालेका उम्मेदवार मन्जली शाक्य बज्राचार्यले १५५९२  मत पाएकी छन् । 
मेयरमा भने एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले १६१४५ मत पाउँदा चिरिबाबुले ११ हजार बढीको मतान्तरका साथ अग्रता बनाइरहेका हुन् । हालसम्म ललितपुरमा ५० हजार बढी मतगणना भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप