नेपालबाट १ अर्ब ३८ करोडको पास्ता निर्यात
शनिबार, ०७ जेठ २०७९, १७ : ४३
चालू आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट १ अर्ब ३८ करोड रुपैयाँ बराबरको पास्ता निर्यात भएको छ । पछिल्लो समय नेपालबाट धेरै निर्यात हुने वस्तुहरूको सूचीमा पास्ता समेत पर्न थालेको छ । नेपालमा उत्पादित पास्ता एसियन, युरोपियन तथा अमेरिकी मुलुकमा निर्यात हुन थालेको हो ।
नेपालबाट, भारत, अमेरिका, जापान, सिंगापुर, हङकङ, अष्ट्रेलिया, यूरोप तथा अमेरिकामा पास्ता निर्यात भएको भन्सार विभागले जानकारी दिएको छ । यीमध्ये भारतमा सबैभन्दा धेरै पास्ता निर्यात हुने गरेको छ । भारतमा चालू आर्थिक वर्षको ९ महिनामा ९६ करोडभन्दा धेरैको पास्ता निर्यात भएको छ । यस्तै, अमेरिकामा १२ करोड, बेलायतमा १ करोड ३२ लाखको पास्ता निर्यात भएको छ । यसैगरी, कतार, मलेसिया, क्यानडा, डेनमार्क, भुटान र इटाली लगायतका मुलुकमा समेत पास्ता निर्यात हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी