शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

शनिबार, ०७ जेठ २०७९, १७ : ४१
शनिबार, ०७ जेठ २०७९

कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाइबुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । 

“कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चलाइएको पाइयो”, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले भने, “यसरी चलाइएका गाडी केही समय नियन्त्रणमा राखेर चालकलाई सम्झाइबुझाइ गरी छाड्नुपरेको छ ।” प्रमुख जिल्ला अधिकारी किरण थापाले बढ्दै गएको इन्धनको खपत घटाउन सरकारको निर्णयानुसार सार्वजनिक बिदाका दिन गाडी चलाउन रोक लगाइएको बताए । प्रजिअ थापाले भने, “बिदाका दिनमा अत्यावश्यक सरकारी काम परेको हकमा प्रदेश सरकारका सचिव वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर मात्र गाडी चलाउन पाइनेछ ।” 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप