इन्डोनेसियाले खुलायो पाम तेलको निर्यात
शनिबार, ०७ जेठ २०७९, १६ : ०९
इन्डोनेसियाले पाम तेलमा लगाएको प्रतिबन्ध सोमबारदेखि हटाउने घोषणा गरेको छ । यसअघि विश्वकै ठूलो पाम तेल निर्यातक मुलुक इन्डोनेसियाले देशको आन्तरिक माग धान्ने भन्दै यसको निर्यातमा रोक लगाएको थियो ।
इन्डोनेसियाले अघिल्लो महिना घरेलु बजारमा बढिरहेको खाने तेलको मूल्य घटाउन पाम तेलको निर्यात रोकेको हो । राष्ट्रपति जोको विडोडोले प्रतिबन्ध हटाउने घोषणा गर्दै भने, ‘यो निर्णयले विश्वमा खाद्य तेलको कमी पूर्ति गर्न सहयोग पुग्छ ।’
रुस–युक्रेन युद्धका कारण विश्वभर खाद्य तेलको अभाव सुरू भएको छ । यस्तै, विश्वभर खाने तेलको मूल्य अचाक्ली बढेको छ । इन्डोनेसियाले पाम खेती र यसको उद्योगमा लागेका १ करोड ७० लाख मानिसलाई राहत दिलाउन प्रतिबन्ध हटाउने निर्णय गरेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा