बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

परिणाम घोषणा नहुँदै बुटवलमा विजय उत्सव सुरु, तस्बिरहरु

शनिबार, ०७ जेठ २०७९, १६ : ०९
शनिबार, ०७ जेठ २०७९

बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा जीत सुनिश्चित भएसँगै काँग्रेस र एमालेले विजयी जुलुस निकाल्न सुरु गरेका छन् । पाँच दलीय गठबन्धनका उम्मेदवार काँग्रेसका खेलराज पाण्डेय तथा उपमेयरमा एमालेकी सावित्रा आर्यलको जित निश्चित भएको हो । 

मतगणना अन्तिम चरणमा आइपुग्दा दुवैको अग्रता गन्न बाँकी रहेको मतभन्दा बढी भएपछि विजय उत्सव सुरु भएको हो । यसको औपचारिक घोषणा हुन भने बाँकी छ  । पाण्डेय नेकपा एमालेका उम्मेदवार बाबुराम भट्टराई भन्दा अगाडि रहेका छन् भने उपमेयरमा  नेकपा एमालेकी सावित्रा अर्याल एकीकृत समाजवादीका चिनबहादुर गुरुङभन्दा अगाडि छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप