बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘बलात्कार गर्न बन्द गर’ भन्दै टपलेस भएर कान्सको रेड कार्पेटमा चिच्याइन् महिला (भिडियो)

शनिबार, ०७ जेठ २०७९, १६ : ०२
शनिबार, ०७ जेठ २०७९

कान्स फिल्म फेस्टिबल २०२२ को रेड कार्पेटमा एक महिलाले हंगामा मच्चाएकी छिन् । हंगामा त्यतिबेला भयो जब कान्स रेड कार्पेटमा एक महिला आइन् र टपलेस भएर चिच्याउन थालिन् । यी महिलाले आफ्नो शरीरमा युक्रेनको झण्डाको रङले पेन्ट गरेकी थिइन् । उनको शरीरमा लेखिएको थियो, ‘हामीलाई बलात्कार गर्न बन्द गर ।’

७५ औँ कान्स फिल्म फेस्टिबलमा हलिउड अभिनेत्री टिल्डा स्विनटोन र इड्रिस एल्बा आफ्नो नयाँ फिल्म थ्री थाउजेन्ड इयर्स अफ लङ्गिङको प्रिमियरमा पुगेका थिए । यसैबीच एक अपरिचित महिलाले आएर चिच्याउन सुरु गरिन् । महिलाले युक्रेनको झण्डाको रङलाई आफ्नो शरीरमा लगाएकी थिइन् । साथै रातो रङको अन्डरप्यान्ट लगाएकी थिइन् जसमा रातो रङले हातको निशाना बनाइएको थियो । ती महिलाका कारण रेड कार्पेटमा सेलिब्रिटीहरुलाई रोकियो । त्यसपछि सुरक्षाकर्मीले उनलाई कालो रङको ज्याकेटले ढाके र आफूसँगै लिएर गए ।

युक्रेनमा भइरहेको छ महिलाको बलात्कारः

यी महिला युक्रेनकी एक अभियन्ता भएको बताइन्छ । युक्रेन र रुसबीच थुप्रै महिनादेखि युद्ध चलिरहेको छ । यसैबीच युक्रेनकी महिलामाथि बलात्कारको घटना पनि सार्वजनिक भइरहेको छ । युक्रेनका राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अघिल्लो महिना थुप्रै्र बलात्कारका घटना सार्वजनिक भएको बताएका थिए । रुसी सेनाले महिलाका साथै स–साना बालिकाको पनि यौन शोषण गरिरहेको बताइएको छ ।

२०२२ को मेन थिम हो युद्ध

यस वर्ष कान्स फिल्म फेस्टिबलको मुख्य थिम युद्ध हो । १९ मे मा कान्स २०२२ मा मारियुपोलिस–टु नामको डकुमेन्ट्री देखाइएको थियो । यसलाई मान्तास भेदाराभिसियस नामका लिथुआनियन निर्देशकले बनाएका थिए । मान्तासलाई रुसी सैनिकले अघिल्लो महिना युक्रेनमा मारेका थिए । फेस्टिबलको मार्केटप्लेसमा शनिबार, २१ मेको पूरा दिन युक्रेनका फिल्म निर्मातालाई डेडिकेट गरिएको छ ।  

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by @fuckzelinskii

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप