बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बिहारमा आँधी, वर्षा र चट्याङमा परी एकैदिन ३३ जनाको मृत्यु

शनिबार, ०७ जेठ २०७९, १५ : ३९
शनिबार, ०७ जेठ २०७९

भारतको बिहारमा शुक्रबार दिउँसोदेखि आँधी, वर्षा र चट्याङमा परी कम्तीमा ३३ जनाको मृत्यु भएको छ । राज्यका थुप्रै जिल्ला प्रभावित भएका छन् र भारी क्षती पुगेको रिपोर्ट भारतीय सञ्चार माध्यमले प्रकाशित गरेका छन् ।

मुख्यमन्त्री नितिश कुमारले मृतकको परिवारका लागि चार लाख भारुको  आर्थिक मद्दतको घोषणा गरेका छन् ।

मुख्यमन्त्री कार्यालयको तर्फबाट भारी वर्षा र आँधीका कारण भएको क्षतिको विवरण लिइएको र प्रभावित परिवारलाई मद्दत गरिने जानकारी दिएको छ ।

मोदीले शुक्रबार प्राकृतिक विपत्तिमा परी मानिसको मृत्यु भएकोमा अफसोस जताएका छन् ।

मोदीले आफ्नो ट्विटर अकाउन्टमा स्थानीय प्रशासन राज्य सरकारको निगरानीमा राहत र उद्धारकार्यमा जुटेको जानकारी दिए ।

पटनाको मौसम विभाग केन्द्रले अबको दुई दिनमा बिहारका भिन्न भिन्न इलाकामा तेज गतिमा हावा चल्ने पूर्वानुमान जारी गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप