सिद्धार्थ बैंक ‘बेस्ट अपरेशन बैंक इन साउथ एसिया’बाट सम्मानित
सिद्घार्थ बैंक लिमिटेड ‘बेस्ट अपरेशन बैंक इन साउथ एसिया’ अवार्डबाट सम्मानित भएको छ । विश्व बैंक समूहको सदस्य इन्टरनेश्नल फाइनान्स कर्पोरेशनद्वारा (आईएफसी) आयोजित १०औं ग्लोबल ट्रेड अवार्डमा बैंकले उक्त उपाधि प्राप्त गरेको हो ।
आईएफसीको ट्रेड फाइनान्स कार्यक्रम अन्तर्गत ५०० साझेदार बैंकहरुको प्रतिस्पर्धात्मक प्रक्रियाको आधारमा विभिन्न विधाहरूमा ४८ विजेताहरू छनोट गरिएको हो । जसमध्ये सिद्धार्थ बैंकले सो अवार्ड प्राप्त गरेको कम्पनीले जानकारी दिएको छ ।
आईएफसी अन्तर्गत रहेका नेटवर्क बैंकहरु मध्ये आफ्ना ग्राहकहरूलाई सरल र सहज ढङ्गले उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै सिद्धार्थ बैंक एउटा सक्रिय साझेदार बैंकको रूपमा प्रस्तुत हुन सफल भएको हो । उक्त अवार्ड शुक्रबारका दिन एक विशेष कार्यक्रममा आईएफसीकातर्फबाट बंगलादेश, भुटान र नेपालका लागि कन्ट्री म्यानेजर मार्टिन होल्टम्यानले बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कँडेललाई हस्तान्तरण गरे । आफ्ना ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई यस उपाधिले थप मजबुत बनाउने र आगामी दिनहरूमा अझ उच्चस्तरीय सेवा प्रदान गर्न यस उपाधिले बैंकलाई प्रेरित गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आमा समूहले सुरू गरे गर्भवती पोषण नाङ्लो कार्यक्रम
-
‘कोप–२९ मा एनसिक्यूजी कार्यान्वयन प्रक्रिया स्पष्ट भएन’
-
पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना
-
शुभकार्य वा यात्रा गर्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको राशिफल
-
विदेशी मुद्राको भाउ केही 'तलमाथि', कसको कति ?
-
इटालीको युभेन्टसलाई झट्का