
राहुल गान्धीले लण्डनमा भारतको बेइज्जत गरेको आरोप, पुनः विवादमा

भारतीय कांग्रेस नेता राहुल गान्धीले भने, ‘देशमा ध्रुवीकरण बढ्दै गएको र बेरोजगार उत्कृर्षमा रहेको र महँगी बढ्दै गएको छ । बिजेपीले देशको सबैतिर मट्टीतेल छर्केको र एउटा झिल्कोपछि हामी सबैजना एउटा ठूलो समस्याको बीचमा हुनेछौँ ।’
यो बयान सार्वजनिक भएपछि सामाजिक सञ्जालमा राहुल गान्धीलाई थुप्रैले नानाथरी भनिरहेका छन् । कतिले त उनलाई ‘जयचन्द’ समे त भने । पृथ्वीराज चौहान विरुद्ध जयचन्दले मोहम्मद गौरीलाई साथ दिएका थिए ।
लण्डनमा भएको एक सम्मेलन ‘आइडिया फर इन्डिया’ मा राहुल गान्धीले यस्तो कुरा गरेका हुन् । लगभग एक घण्टाको कुराकानीमा राहुल गान्धीले संविधान, अर्थव्यवस्था, कांग्रेसको चिन्तन शिविर, चीन, अमेरिकाजस्ता विभिन्न मुद्दामा आफ्नो धारणा राखे ।
Democracy in India is a global public good. We're the only people who have managed democracy at our unparalleled scale.
Had an enriching exchange on a wide range of topics at the #IdeasForIndia conference in London. pic.twitter.com/QyiIcdFfjN
— Rahul Gandhi (@RahulGandhi) May 20, 2022
यतिबेला राहुल गान्धीले युक्रेन संकटसँग भारतको तुलना गरे ।
उनले भने, ‘जुन रुसले युक्रेनमा गरिरहेको छ ठ्याक्कै त्यहि ढाँचा चीनले भारतमा डोकलाम र लद्दाखमा देखाइरहेको छ । चीनले भारतमा डोकलाम र लद्दाखमा आफ्नो सेना तैनाथ गरेर राखेको छ र अरुणाचल प्रदेश र लद्दाखलाई भारतको हिस्सा मान्न अस्वीकार गर्ने गर्छ ।’
हालै सार्वजनिक भएको एक रिपोर्टलाई उद्धृत गर्दै राहुल गान्धीले भनेका छन्, ‘चीनले पेगोङ्ग तालमा पुल बनाइरहेको छ किनभने उनीहरु केही गर्न चाहन्छन् । तर भारत सरकारसँग यसबारे कुरा गरिरहेको छैन ।’
यस्तै उनले थुप्रै विषयमा धेरैथरी कुरा गरेका छन् ।
मानिसहरु के भनिरहेका छन् ?
सोसल मिडियामा केही मानिस राहुल गान्धीले विदेश मञ्चमा यस्तो कुरा गरेको भन्दै आलोचना गरिरहेका छन् ।
अभी त्रिपाठी नामका एक प्रयोगकर्ताले ट्विटरमा लेखेका छन्, ‘जयचन्द कुनै नाम वा व्यक्ति होइनन् । यो त एउटा उपाधि हो जसले समय समयमा आफ्नो अधिकारी छान्छ । यसपछि उसले राहुल गान्धीलाई छानेको छ ।’
गुरिन्दर सन्धु नामको एउटा ट्विटर प्रयोगकर्ताले लेखेका छन्, ‘कुनै पनि विदेशी नेताले भारतमा आएर आफ्नो देशको आन्तरिक कुरामाथि चर्चा गरेको मलाई याद छैन । तर राहुल गान्धीले देश होस् वा विदेशमा आफ्नो देशको प्रगतिको कुरा गर्नुको साटो सधैँ भारतलाई कमजोर देखाउने कोसिस गरे ।’
मुझे नहीं याद है कि कभी कोई विदेशी नेता भारत आकर अपने देश की अंदरूनी बातों पर चर्चा किया हो। लेकिन राहुल गाँधी देश हो या विदेश अपने देश की प्रगति की बात न करके हमेशा भारत को कमजोर दिखाने का कोशिश किया। #Congress #CongressHatesIndia #RahulGandhi https://t.co/GNusMHIG05
— Gurinder Sandhu (@gsandhu104) May 21, 2022
स्वास्तिक नामका एक प्रयोगकर्ताले लेखे, ‘राहुल गान्धीलाई कसैले पनि कुनै गम्भीरताका साथ लिँदैन । उनको आफ्नै पार्टीले पनि ।’
No one takes Rahul Gandhi seriously in India, even his party members.
— Swastika (@ShubhSwastika) May 21, 2022
विकास नामका अर्का प्रयोगकर्ताले लेखे, ‘राहुल गान्धी तपाईं भारत र भारतीय नागरिकको विदेशी मञ्चमा बेइज्जत गरिरहनुभएको छ । तपाईंको बिजेपी विरोधी एजेन्डा देशभित्र हुनुपर्छ । यो लज्जास्पद हो ।’
@RahulGandhi you are insulting India and Indians in an international forum. Your agenda against @BJP4India should remain within the state politics. This is worst! https://t.co/YM09OoX9Uh
— Vikas (@vikas_thakur99) May 21, 2022
स्मरण रहोस्, राहुल यसअघि पनि नेपालमा भ्रमणमा रहेका बेला ठमेलस्थित नाइट क्लब लर्ड अफ द ड्रिङ्क्समा देखिँदा विवादमा तानिएका थिए । उनलाई विशेषगरी बिजेपीले निशानामा पारेका थिए ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ