
कटहरिया नगरपालिकामा काँग्रेस विजयी

रौतहटको कटहरिया नगरपालिकामा नेपाली काँग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन् । काँग्रेसबाट मेयरका उम्मेदवार अजय प्रकाशले २ हजार ५९५ र उपमेयर रिता देवी २ हजार ९८३ मतको अन्तरले निर्वाचित भएका हुन् ।
प्रकाशले कूल ७ हजार १ सय ७२ मत ल्याए भने उपमेयर रिता देविले ७ हजार ५ सय २० मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार तथा कटहरियाका निवर्तमान मेयर सियाराम कुश्वाहाले ४ हजार ५ सय ७७ र कुन्ती देवीले कुल ४ हजार ५ सय ३० मत ल्याए । कटहरिया नगरपालिकाको ९ वटा वडा मध्ये १ मा समाजवादी,२,३,४,६ एमाले र ५,७,८,९ मा नेपाली काँग्रेसका वडा अध्यक्ष निर्वाचित भएका छन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ