ad
x

पहिलो सीओएएस ईन्टरनेसनल हाई अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगिता सम्पन्न

person explore access_timeजेठ ७, २०७९ chat_bubble_outline0

नेपाली सेनाको आयोजनामा पहिलो सीओएएस ईन्टरनेसनल हाई अल्टिच्युड ट्राई एड्भेन्चर प्रतियोगिता आयोजना गरिएको छ । विभागीय टिम लगायत विभिन्न क्लबका स्वदेशी तथा बिदेशी खेलाडीहरुलाई सहभागी गराई मुस्ताङ्ग जिल्ला, जोमसोम ईलाकामा संचालन भएको प्रतियोगिता शनिबार प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।


उक्त प्रतियोगितामा १०० मिटर क्लाईम्विङ्ग, ४.७५ कि.मि. दौड र १५.३५ कि.मि. साईक्लिङ्ग गरी ३ (तीन) वटा ईभेण्टहरु समावेश गरि जम्मा दुरी २०.२ कि.मि. रहेको थियो । कुल २२ टिमहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सेना, त्रिभुवन आर्मी क्लबको ६ टिम (पुरुष ४ टिम र महिला २ टिम) सहित स्वदेशी १८ टिम (पुरुष १३ टिम, महिला ५ टिम)‌ र अन्तराष्ट्रिय ४ टिम (भारतीय सेना- १ टिम, बंगलादेशी सेना-१ टिम र ब्रिटिस गोर्खा- २ टिम) मा आबद्ध ४४ जना खेलाडीहरुको सहभागीता रहेको थियो ।



उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा हासिल गर्न सफल खेलाडीहरुलाई प्रधान सेनापति महारथी शर्माले पदक, ट्रफि, प्रमाण-पत्र सहित नगद पुरस्कार प्रदान गर्नुका साथै उक्त प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न योगदान पुर्‍याउने पोखरास्थित श्री मध्य कमाण्ड हेडक्वार्टर, जोमसोमस्थित श्री नं. २३ बाहिनी अड्डा, श्री उच्च शिखर शिक्षालय र श्री नारायणदल गण तथा गैह्र सैनिक संस्थातर्फ श्री नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र श्री सिटिजन्स बैंक लिमिटेडलाई कदर-पत्र समेत प्रदान गरेका थिए ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।