शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बजेटमार्फत उद्योगमैत्री नीति ल्याइने, मन्त्री बडूले निजी क्षेत्रसँग गरे छलफल

शनिबार, ०७ जेठ २०७९, १४ : ४१
शनिबार, ०७ जेठ २०७९

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गर्ने विषयमा बजेटमा समेट्नु पर्ने विषयमा छलफल गरेको छ । मन्त्री दिलेन्द्रप्रसाद बडूले निजी क्षेत्रसँग आगामी आर्थिक वर्षको आर्थिक ऐनमा समावेश गर्नु पर्ने कर नीति, भन्सार नीति र परिवर्तन गर्नुपर्ने भन्सार दरको विषयमा छलफल गरेका हुन् ।

छलफलमा आयात व्यवस्थापन गर्दै निर्यात प्रोत्साहन गर्ने विषयमा समेत छलफल भएको मन्त्रालयका जानकारी दिएको छ । छलफलमा मन्त्री बडूले आन्तरिक उत्पादन वृद्धिमा देखिएका नीतिगत एवं अन्य कठिनाईहरुको समाधान गर्न सरकार तयार रहेको बताए । उनले नेपाल आफैले उत्पादन गर्न सक्ने र स्वदेशमै उपलब्ध हुने दैनिक उपभोग्य वस्तुहरु माथिको परनिर्भरता चिन्ताको विषय भएको समेत बताए ।

सोहीकारण, तत्काल देखिने गरि काम गर्नुपर्ने र स्वदेशी वस्तु उपभोगको संस्कृति अभिवृद्धि गर्न सबैले जोड्दिनुपर्ने मन्त्री बडूले बताए । सरकारले निजी क्षेत्रसँगको समन्वयमा नेपालमा उपलब्ध नभएका पेट्रोलियम पदार्थलगायतका अन्य वस्तुहरूको विकल्पमा जान अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने र यससम्बन्धमा निजी क्षेत्रबाट उपयुक्त सुझावको अपेक्षा व्यक्त गरे ।

निजी क्षेत्रका प्रतिनिधिहरुले पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने, उत्पादन लागत घटाउन व्यापार सहजीकरण, उद्योगको विकासका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने र साना तथा घरेलु उद्योगहरुलाई प्रवद्र्धन गर्ने नीति लिनुपर्ने लगायतका सुझाव दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप