शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शाओमीले सार्वजनिक गर्‍यो दुई स्मार्टवाचसहित एक क्यामेरा

शनिबार, ०७ जेठ २०७९, १४ : ३९
शनिबार, ०७ जेठ २०७९


शाओमीले नेपाली बजारमा तीन वटा उत्पादनहरू सार्वजनिक गरेको छ । कम्पनीले शाओमी एस् १ एक्टिभ, रेड मि स्मार्ट ब्यान्ड प्रो र मिहोम सेक्युरिटी क्यामरा ३६० नेपाली बजारमा सार्वजनिक गरेको हो । शाओमीले सार्वजनिक गरेका तीनमध्ये दूई वटा उत्पादन स्मार्टवाच हुन् । यस्तै, मिहोम सेक्यूरिटी क्यामेरा घरको सुरक्षाका लागि प्रयोग गर्न मिल्ने कम्पनीले बताएको छ ।

कार्यक्रममा बोल्दै लन्चमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित पंडाले भने, ‘हामी सँधै सर्वोत्कृष्ट प्रविधि र सर्वोत्कृष्ट  डिजाइन युक्त डिभाइस हरु हाम्रो उपभोक्ता माझ ल्याउन प्रयासरत छौँ ।’ कम्पनीले आफ्ना प्रयोगकर्ताको दैनिक जिवनमा राम्रो पर्फमेन्स गर्ने योजना रहेको समेत उनले बताए ।

यसमा १.४३ इन्च को हाइ रेजोल्युसन एमोलेड डिस्प्ले र ६० हर्जको हाइ रिफ्रेस स्क्रिन छ । यस्तै, यो घडीले २४ घन्टा नै घण्टा मुटुको चाल रेकर्ड गर्नुका साथै अन्य ११७ वटा फिट्नेस मोड पछि छ । नर्मल मोड मा १२ दिन र ब्याट्रि सेभर मोड मा २४ दिन टिक्ने यो स्मार्ट वाच वाटर प्रुफपनि छ ।

खेल प्रेमीहरुका लागि विषेष रुपमा डिजाइन गरिएको यो स्मार्ट वाच हलुका हुनुका साथै यसमा भएको डुअल ब्यान्ड जीपीएसले मल्टिपल स्याटेलाइट नेभिगेसन सिस्टम सपोर्ट गर्छ । यस्तै रेड्मी स्मार्ट ब्यान्ड प्रो पनि १.४७ इन्चको फुल एमोलेड डिस्प्ले सहित उपलब्ध छ । जसले रगतमा भएको अक्सिजन लेभल जाँच्नु को साथै चौबिसै घण्टा मुटुको चालपनि रेकर्ड गर्छ । यसमा ११० भन्दा बढी वर्क आउट मोडहरु छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप