शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

तुलसीपुर उपमहानगरपालिमा गिरीलाई उछिन्दै खड्का

शनिबार, ०७ जेठ २०७९, १४ : ३७
शनिबार, ०७ जेठ २०७९

दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमाले बीचको मतान्तर फराकिलो बन्दै गइरहेको छ । पछिल्लो मत परिणाम अनुसार शनिवार मध्यान्हसम्म गणना भएको २८ हजार ६ सय ५७ सदर मत मध्ये नेकपा एमालेका मेयर पदका उम्मेदवार टिकाराम खड्काले  गठबन्धनका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको अग्रतालाई तोड्दै पछि पारेका छन् ।

खड्काले ११ हजार ९ सय १८ प्राप्त गर्दा गठबन्धन तर्फका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीले ११ हजार ६ सय १० मत प्राप्त गरेका छन् । खड्काले पछिल्लो मत परिणाम अनुसार गिरीलाई  ३ सय ८ मतले पछि पारेका छन् । मेयर पदमा मात्रै तुलसीपुरमा ३ हजार ८ सय ९० मत बदर भएको छ । 

त्यस्तै उपमेयर पदमा सुरुदेखि नै अग्रता कायम राख्दै अघि बढिरहेकी नेकपा एमालेकी स्यानी चौधरीले हालसम्म आफ्नो अग्रता कायम मतान्तर बढाउदै लगिरहेकी  छिन् । चौधरीले ११ हजार १ सय ७४ मत प्राप्त गर्दा गठबन्धन तर्फका उपमेयर पदका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानाले ८ हजार ८ सय ९७ मत प्राप्त गरेका छन् । चौधरीभन्दा राना २ हजार २ सय ७७ मतले पछि रहेका छन् । उपमेयर पदमा पनि ५ हजार ७ सय ८२ मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले दाङले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप