आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

५,७३३ मतले अघि रेनु, विजय सुवेदी निरन्तर पछाडि

शनिबार, ०७ जेठ २०७९, १४ : २६
शनिबार, ०७ जेठ २०७९

भरतपुर महानगरपालिकाको जारी मतगणनामा एमालेका उम्मेदवार विजय सुवेदी निरन्तर पछि पर्न थालेका छन् । माअ‍ोवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले अध्यावधिक विवरणअनुसार मतान्तर बढाउँदै लगेकी छन् । शनिबार दिउँसोका अध्यावधिक विवरणअनुसार उनले ५,७३३ मत को अग्रता बनाएकी छन् । 

महानगरपालिकाको ७६०९५ गणना गर्दा दाहालले २९४७८ मत पाएकी छन् भने सुवेदीले २३७४५ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १०,३३४ मत पाएका छन्।  उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप