
रुसले रोक्यो फिनल्याण्डको ग्यास आपूर्ति

रुसले भुक्तानी सम्बन्धी विवादका कारणले फिनल्यान्डतर्फको ग्यास आपूर्ति रोकेको छ । फिनल्याण्डमा ठूलो मात्रामा ग्यास निर्यात गर्दै आएको रुसले भुक्तानी विवाद बढ्दै गएपछि पूर्णरूपमा आपूर्ति बन्द गरेको हो । युक्रेनमाथि सैन्य हमला गरेपछि पश्चिमा मुलुकहरूले रुसमाथि आर्थिक प्रतिबन्ध लगाएका छन् । जसकारण, रुसले डलर र यूरोमा नभइ रुबलमा भुक्तानी गर्न फिनल्याण्डसँग माग गरेको थियो । जुन, माग फिनल्याण्डले अस्वीकार गरेपछि आपूर्ति बन्द गरेको हो ।
रुसको ग्यास आपूर्तिकर्ता कम्पनी ग्याजप्रोमले शनिबारदेखि फिनल्याण्डतर्फको आपूर्ति रोकेको रोयटर्सलाई पुष्टी गरेको छ । ग्यास आपूर्ति रोक्ने रुसको निर्णय मा भुक्तानी विवाद मात्र नभइ नाटोमा जोडिने फिनल्याण्डको चाहनाबाट समेत प्रभावित छ ।
यसैगरी, फिनल्याण्डको ग्यास आपूर्ति कम्पनीले समेत रुसबाट आपूर्ति रोकिएको जानकारी दिएको छ । उसले रुसबाट पूर्ण प्रशोधिन ग्यासको आपूर्ति रोकिएको पुष्टी गरेको हो । फिनल्याण्डमा प्रयोग हुने प्रकाकृतीक ग्यासको धेरै हिस्सा रुसबाट आयात हुने गरेको छ ।
यद्यपी, यो फिनल्याण्डमा प्रयोग हुने कुल ऊर्जाको ५ प्रतिशत मात्रै हो । यस्तै, रुसको ग्यास बिना नै ऊर्जाको कूल मागको आपूर्ति धान्न फिनल्याण्ड तयार रहेको सरोकारवालाहरूले जनाएका छन् ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ